बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल रेडक्रस सोसाइटीद्वारा ५८ औं स्थापना दिवस 

नेपाल रेडक्रस सोसाइटीद्वारा ५८ औं स्थापना दिवस 

रोदिक खबर

२०, भाद्र २०७७
  • 8.0K
    SHARES
  • नेपाल रेडक्रस सोसाइटीद्वारा ५८ औं स्थापना दिवस 

    खोटाङ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले विभिन्न गतिविधिको आयोजना गरी आफ्नो ५८ औं स्थापना दिवस मनाएको छ । मानवीय भावना फैलाउन ताली बजाउ भन्ने मूल सन्देशका साथ  विभिन्न गतिविधिको आयोजना गरी रेडक्रसले आफ्नो ५८ औं स्थापना दिवस मनाएको हो । 

    red2.jpeg

    ५८ औं स्थापना दिवसका अवशरमा नेरेसो जिल्ला शाखा खोटाङले समुदायमा आधारित जोखिम न्युनीकरण कार्यक्रमको आर्थिक सहयोगमा बिहीवार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल र वडा नम्बर ५ लफ्याङका २६ जना गर्भवती महिलालाई हाइजिन किट र खाद्यान्न वितरण, शनिवार दिक्तेलको हाटडाँडादेखि रत्नपार्क (किरातचोक) सम्म र्‍याली सहित मास्क नलगाइ हिडने करीब एक सय जनालाई मास्क वितरण तथा मास्क प्रयोग गर्ने तरिका र चेतनामुलक ब्रुसर वितरण गरिएको शाखाका सभापति कुमारसिं बस्नेतले जानकारी दिए । 

    र्‍यालीमा निस्किएको अभियान टोलीले मास्क नलगाएका स्थानीयलाई मास्क वितरण गर्दै नियमित मास्क लगाउनका लागि आग्रह गरेका थिए ।

    red4.jpg

    र्‍यालीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगरप्रमुख दिपनारायण रिजाल, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.–१ का वडाध्यक्ष टंकप्रसाद आचार्य लगायत उद्योग वाणिज्य संघ, सुरक्षाकर्मीहरुको उपस्थिति रहेको समुदायमा आधारित जोखिम न्युनीकरण कार्यक्रमका कार्यक्र संयोजक अच्युत अधिकारीले जानकारी दिए ।

    मानवीय सेवामा नेपाल रेडक्रस सोसाइटी देशको अग्रणी संस्था हो । २०२० भाद्र १९ गते नेरेसोको स्थापना भएको थियो । विपद्का बेला तत्काल उद्धार तथा राहत, रक्तसञ्चार, एम्बुलेन्स, प्राथमिक उपचार सेवाका साथै जीवन रक्षा, स्वास्थ्य प्रवर्धन, संरक्षण, लैङ्गिक समानता तथा समावेशीकरणजस्ता क्षेत्रमा सञ्चालित सेवा र विकासमूलक गतिविधिहरू मार्फत नेरेसो समुदायको संकटासन्नता कम गर्न जिल्लाका सवैजसो समुदायमा पुगिरहेको छ ।

     

    प्रकाशित मिति :भाद्र २०, २०७७ शनिवार - २१:२७:३३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको