खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा पर्ने रावाखोलामा मोटरेबल पुल निर्माण हुने भएको छ। गाउँपालिकाको वडा नम्बर ४ बाक्सिला र वडा नं. ६ दिप्सुङको सिमाना रावाखोलामा पक्की पुल निर्माण हुने भएको हो।
केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई र स्थानीय पूर्वाधार बिकास आयोजना सुनसरी इटहरीका आयोजना प्रमुख ईन्जिनियर विष्णु भण्डारीबिच आईतबार सहमति भएपछि पुल बन्ने पक्का भएको हो।
आयोजना प्रमुख भण्डारीसँग त्यस ठाउँ र त्यहाँको अतिआवश्यक पुल रहेको जानकारी गराउँदै बजेट माग गरियो। चाँडै ठेक्काको प्रक्रिया बढाउने सहमति भएको छ। गाउँपालिका अध्यक्ष राईले भने। बाक्सिला र दिप्सुङ जोड्ने रावाखोलामा पुल नहुंदा आवतजावतमा सबैभन्दा बढी समस्या हुने गरेको छ। मोटरेबल पुल नहुंदा स्थानीयहरु घण्टौ लगाएर बैकल्पिक बाटो प्रयोग गर्न बाध्य छन्।