• ट्रेण्डिङ:

पत्रकार महासंघ भोजपुरका उपाध्यक्ष सन्देश किरातीको निधन

पत्रकार महासंघ भोजपुरका उपाध्यक्ष सन्देश किरातीको निधन

रोदिक खबर

३, कार्तिक २०७९
  • 2.1K
    SHARES
  • पत्रकार महासंघ भोजपुरका उपाध्यक्ष सन्देश किरातीको निधन

     नेपाल पत्रकार महासंघ भोजपुर शाखाका उपाध्यक्ष सन्देश किरातीको आज अपराह्न निधन भएको छ । बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा ३२ वर्षीय किरातीको निधन भएको हो ।

    दम, सुगर तथा उच्च रक्तचापबाट पीडित उनको आईसीयुमा उपचार भइरहेको अवस्थामा निधन भएको अस्पताल स्रोतले जनाएको छ । उनी रेडियो भोजपुरको स्टेसन म्यानेजर तथा धरानबाट प्रकाशन हुने ब्लाष्ट दैनिकका संवाददाताको रुपमा कार्यरत थिए ।

    उनकी श्रीमती शारदा तामाङ समेत पत्रकार महासंघ सदस्य तथा पत्रकारिता पेसामा संलग्न रहेको महासंघ भोजपुरका अध्यक्ष एक्सन राईले जानकारी दिए । किरातीको निधनबाट महासंघले एउटा उर्जावान र सक्रिय युवा पत्रकार गुमाएको छ ।

    प्रकाशित मिति :कार्तिक ३, २०७९ बिहिवार - २१:३६:४५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको