• ट्रेण्डिङ:

गाउँपालिकाद्वारा निःशुल्क जग्गा दिने १८ जना जग्गादातालाई सम्मान 

गाउँपालिकाद्वारा निःशुल्क जग्गा दिने १८ जना जग्गादातालाई सम्मान 

रोदिक खबर

५, कार्तिक २०७९
  • 4.4K
    SHARES
  • गाउँपालिकाद्वारा निःशुल्क जग्गा दिने १८ जना जग्गादातालाई सम्मान 

    खोटाङको साकेला गाउँपालिकाले निशुल्क जग्गा दिने १८ जना जग्गादाताहरुलाई सम्मान गरेको छ । वडादशै, शुभदिपावली, छठ, क्रिष्मस, साकेला उद्यौलीको अवसर पारेर शुक्रबार आयोजना गरेको शुभकामना आदान प्रदान तथा जग्गादाता सम्मान कार्यक्रमको अवसरमा जग्गादाताहरुलाई सम्मान गरिएको हो । 

    गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि साकेला–४ का काजीबहादुर सुवेदीले १० रोपनी, बलराम राईले ६ रोपनी, भीमबहादुर सुवेदीले ५ रोपनी, राजकुमार सुवेदीले ३ रोपनी र विष्णुकुमारी कटवालले १ रोपनी निशुल्का जग्गा दिएका थिए । उनीहरुलाई गाउँपालिकाले  दोसल्ला र सम्मान पत्रले सम्मान गरेको हो । 

    balaram.jpgपालिकाले चण्डेश्वरी आधारभूत विद्यालय बाँझेच्यानडाँडाको नाममा १ रोपनी निशुल्क जग्गा प्रदान गर्ने सोही स्थानका पदमबहादुर कामी, साकेला स्वास्थ्यचौकी रतन्छाको नाममा ७ रोपनी निशुल्क जग्गा प्रदान गर्ने मानबहादुर राईलाई पनि सम्मान गरेको छ । त्यसैगरी, वडा कार्यालय रतन्छाको नाममा २ रोपनी ५ आना जग्गा निशुल्क प्रदान गर्ने रुपेश राईलाई पनि सम्मान गरिएको छ ।

    त्यस्तै साकेला आधारभूत अस्पताल निर्माणका लागि ४ रोपनी ८ आना जग्गा निशुल्क जग्गा प्रदान गर्नेे तुलराम राई, ३ रोपनी ६ आना जग्गा प्रदान गर्ने रामकुमार राई र १ रोपनी २ आना जग्गा निशुल्क प्रदान गर्ने सञ्जय राईलाई पनि सम्मान गरिएको छ ।

    त्यसैगरी ४ नम्बर वडा कार्यालयको नाममा १÷१ रोपनी जग्गा दान गर्ने प्रेमकुमार श्रेष्ठ, पदम बहादुर श्रेष्ठ, ईन्द्रबहादुर श्रेष्ठ र ३ रोपनी जग्गा दिनुहुने देउकुमार श्रेष्ठलाई पनि सम्मान गरिएको छ । आधारभूत स्वास्थ्य इकाईको भवन निर्माण गर्न ३ रोपनी ८ आना र धनबरे खेलमैदान साकेला–४ लाई ४ रोपनी जग्गा निशुल्क प्रदान गर्ने विष्णुमाया श्रेष्ठलाई पनि सम्मान गरिएको छ ।

    त्यसैगरी आधारभूत स्वास्थ्य इकाई साकेला–४ को भवन निर्माणका लागि १ रोपनी जग्गा निशुल्क प्रदान गर्नेे हिरामाया श्रेष्ठ र ८ आना जग्गा दिने सोही स्थानका पूर्ण कुमारी श्रेष्ठलाई पनि दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो । गाउँपालिकाका अध्यक्ष रविप्रकाश राई, पूर्वअध्यक्ष अर्जुन कुमारखड्का ‘झङकार’, उपाध्यक्ष बिर्सिका राई र पूर्व उपाध्यक्ष सरीता खड्काले जग्गादाताहरुलाई संयुक्त रुपमा प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

    प्रकाशित मिति :कार्तिक ५, २०७९ शनिवार - ०७:२९:३९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको