• ट्रेण्डिङ:

एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड–२०२२

दुबईको समारोहमा नपुगेका विजेतालाई काठमाडौंमै वितरण गरियो अवार्ड 

दुबईको समारोहमा नपुगेका विजेतालाई काठमाडौंमै वितरण गरियो अवार्ड 

रोदिक खबर

५, कार्तिक २०७९
  • 2.0K
    SHARES
  • दुबईको समारोहमा नपुगेका विजेतालाई काठमाडौंमै वितरण गरियो अवार्ड 

    खोटाङ । गत सेप्टेम्बर २९ मा दुबईमा भएको ‘एसियन प्रोफेशनल अचिभमेन्ट अवार्ड–२०२२’ समारोहमा उपस्थित हुन नसकेका विजेताहरूलाई अवार्ड वितरण गरिएको छ । 

    सिजन मिडियाले शुक्रवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराईले यस वर्षको अवार्ड पाउन बाँकी विजेताहरूलाई अवार्ड वितरण गरे । जसमा उद्यमी प्रदीपकुमार श्रेष्ठलाई आइकोनिक इन्डस्ट्रियल अफ नेपाल अवार्ड, मुक्तिनाथ विकास बैंकका सीईओ प्रद्युमन पोखरेललाई सीईओ अफ दि इयर, अक्षरा स्कुलका प्रिन्सिपल अन्जु भट्टराईलाई स्कुल प्रिन्सिपल अफ दि इयर अवार्ड प्रदान गरिँदा भेट्रान स्पोर्ट पर्सनालिटी अवार्डबाट अशोककुमार श्रेष्ठलाई सम्मान गरिएको छ । 

    pa.jpg

    यस्तै, मनिस जोशीलाई स्पोर्ट लिडरसिप अवार्ड, कृष्णराज तिमिल्सिनालाई युथ फेशन इन्टरप्रेनियर अवार्ड, बमवहादुर ढुङ्गेललाई डिजिटल मार्केटिङ एक्सप अवार्ड , मिनु थापालाई ब्युटी एजुकेटर अवार्ड, उत्कृष्ट सांस्कृतिक कार्यक्रम सञ्चालका रूपमा नेप्लिज फेसन होमकी सन्चालिका हेमा मानन्धरलाई सम्मान गरिएको छ । 

    aa.jpg

    यस्तै, भर्सटाइल सिङ्गर अफ द इयरबाट पोखराका वरिष्ठ संगीतकर्मी विनोद बानियाँलाई प्रदान गरिएको छ भने भर्सटाइल जर्नालिस्ट अफ द इयरबाट पत्रकार गिरिजा अधिकारी, ह्युमन रिर्सोस एकसिलेन्स अवार्डवाट रिलाइनस स्प्रिङ इटहरीका मानव संसाधन प्रमुख महेश कुमार पोखरेललाई सम्मान गरिएको छ । 

    सिजन मिडियाले आफ्नो १४ औं स्थापना दिवसको अवसर पारेर गत सेप्टेम्बर २९ मा दुबईमा अवार्ड वितरण गरेको थियो । 

    सामाजिक, सांस्कृतिक, शैक्षिक, खेलकुद र व्यावसायिक क्षेत्रमा स्थापित भएका व्यक्तिलाई हौसला दिने उद्देश्यले नेपाललगायत विभिन्न एसियन देशका प्रतिनिधिहरूलाई सहभागी गराई अवार्ड वितरण गरिएको सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए । उनले आगामी वर्षको अवार्ड कार्यक्रम कम्बोडियामा गर्ने घोषणा पनि गरे । 

    सिजन मिडियाले सन् २०१९ देखि अवार्ड वितरण थालेको हो । सन् २०२१ म गरिएको अवार्डको दोस्रो संस्करण भने कोभिडका कारण नेपालमै आयोजना गरिएको थियो । अवार्डको यो तेस्रो संस्करण हो । 
    यस वर्षको लाइफ टाइम अचिभमेन्ट अवार्ड भने बंगलादेशका वरिष्ठ पत्रकार तथा फोटोपत्रकार काजी रौनक हुसेनलाई समर्पण गरिएको थियो । 

    समारोहमा डा. भट्टराईले समाजमा राजनीतिलाई मात्रै मूल नीति सोच्ने गरिएको उल्लेख गर्दै साहित्य, कला, उद्यमशिलताको पनि समाजमा उत्तिकै महत्त्व र भूमिका रहेको बताए । उनले यस्ता अवार्डले व्यक्तिलाई हौसला पुग्ने बताए । 

    समारोहमा नेपाल भारतमैत्री अस्पतालका कार्यकारी निर्देशक धर्मराज गोसाईँ, नेप्लिज फेसन होमकी सञ्चालिका हेमा मानन्धर, पञ्चकन्या ग्रुपका म्याजेजिङ डाइरेक्टर प्रदीपकुमार श्रेष्ठ, समाजसेवी देवेन्द्र प्रधान, वरिष्ठ पत्रकार खिलबहादुर भण्डारीले मन्तव्य राखेका थिए । 

    यसअघि क–कसले पाए अवार्ड ?

    दुबईमा भएको समारोहमा बंंगलादेशका असिस्टेन्ट प्रोफेसर सल्मा अहमदलाई कम्युनिकेटिभ एजुकेटर अवार्ड, व्यवसायी तथा कार रेसर अफ्रिन रफी मोहमदलाई प्रमोसिङ इन्टरप्रेनियर अवार्ड, पाकिस्तानका वरिष्ठ फोटो पत्रकार महम्मद जांगिर खानलाई वेष्ट फोटोजर्नलिजम अवार्ड, इजरायली वरिष्ठ डिजिटल आर्टिष्ट वोज जोपरलाई क्रियटिभ डिजिटल आर्टिष्ट अवार्ड, फिलिपिन्सका फोटोग्राफर इस्टानो प्यानललाई विइडिङ फोटोग्राफ अफ दि इयर, ट्राभलर तथा समाजसेवी मलिर्न नाडिरालाई ह्युमेनेटिरियन अवार्ड र डा। क्रिस्टिना रोसालाई मष्ट इन्स्पायरिङ मेडिकल प्रोफेसनल क्याटोगोरिम अवार्ड प्रदान गरिएको थियो ।

    यस्तै, पत्रकार दिलीप खत्रीले सोसल जर्नालिष्ट अफ द इयर अवार्ड पाएका थिए भने पवन अधिकारीले मिडिया इन्टरप्रेनियर अवार्ड पाएका थिए । यस्तै नारायण पौडेललाई हस्पिटालिटी अवार्ड, जीवन घिमिरेलाई वेस्ट सिभिल इन्जिनियरिङ, प्रकाश लकान्द्रीलाई बेस्ट एजुकेसन, देवराज डंगोलले सोसल वर्कर, तेक्वान्दो कोच रमिला खत्रीलाई भर्सटायल स्पोर्ट पर्सनालिटी अवार्ड पाएका थिए । 

    यसैगरी, रोजिन शाक्यलाई आइकोनिक फेसन कोरियोग्राफर, नेपाल भारतमैत्री अस्पतालका सीईओ धर्मराज गोसाइलाई हस्पिटल एण्ड हेल्थ केयर म्यानेजमेन्ट अवार्ड, विकास खतिवडालाई कमर्सियल फोटोग्राफर अवार्ड दिइएको थियो । 

    उक्त कार्यक्रममा काठमाडौं फोटोग्राफर संघका अध्यक्ष डिगम्बर राजवंशीलाई प्रोफेशनल फोटोग्राफी आवार्ड, रमेश शाहीलाई एड्भरटाइजिङ एण्ड मिडिया मार्केटिङ अवार्ड, होटल तथा रेष्टुरेन्ट व्यवसायी श्रवणकुमार कुँवरलाई रिक्रियसन इन्टरप्रेनियर अवार्ड, डेभिल राजपुलताई वेष्ट डिजिटल भोटिङ अवार्ड, अटोमोबाइल व्यवसायी निर्मल सिक्देललाई प्रोमिनेन्ट इन्टरप्रनियर अवार्ड, समाजसेवी उर्मीला गौचन शेरचनलाई महिला सामाजिक अभियन्ता अवार्ड, वरिष्ठ पत्रकार तेज प्रकाश डुम्रेलाई डाइनामिक पत्रकारिता अवार्ड, लमजुङ हस्पिटलकी म्यानेजमेन्ट डाइरेक्टर तथा वरिष्ठ नर्स कल्पना पौडेल घिमिरेलाई हेल्थ केयर प्रोफेशनल अवार्ड प्रदान गरिएको थियो । 

    यसैगरी, दुबईमा लामो समयदेखि फोटोग्राफी गरिरहेका फोटोग्राफर कमल श्रेष्ठलाई प्रोडक्ट फोटोग्राफी अवार्ड, सनराइज बैंकका ब्राण्ड म्यानेजर सुमन थापालाई बैंकिङ ब्राण्ड म्यानेजर अफ दि इयर, थाङ्का व्यवसायी राजेन्द्रकुमार मोक्तानलाई थाङ्का इन्टरप्रेनियर अवार्ड, टुरिस्ट गाइड एसोशियसनका अध्यक्ष बद्री नेपाललाई टुरिष्ट गाइड अफ दि इयर र अन्तरराष्ट्रिय युथ लिडरसिप अवार्डबाट प्रकाशबाबु थापालाई सम्मान गरिएको थियो ।

    प्रकाशित मिति :कार्तिक ५, २०७९ शनिवार - २१:११:१३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको