सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपतिमा निर्वाचित

सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपतिमा निर्वाचित

रोदिक खबर

६, कार्तिक २०७९
  • 2.7K
    SHARES
  • सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपतिमा निर्वाचित

    सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपतिमा निर्वाचित भएका छन्। जिनपिङले कम्युनिष्ट पार्टीको नेताको रूपमा राष्ट्रपति पदमा ऐतिहासिक तेस्रो कार्यकाल सम्हालेका हुन्।

    चिनियाँ राष्ट्रपति सी जिनफिङले माओत्सेतुङले चिनियाँ कम्युनिस्ट पार्टी स्थापना गरेयता चीनले देखेका सबैभन्दा प्रभावशाली नेताहरूमध्ये एकका रूपमा देशको शीर्ष नेताको रूपमा अभूतपूर्व तेस्रो कार्यकाल हासिल गरेका छन्।

    चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २०औँ केन्द्रीय समितिको आइतबार सम्पन्न पहिलो पूर्ण अधिवेशनमा सी जिनफिङ महासचिवमा निर्वाचित भएको सरकारी सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ।

    सीको अध्यक्षतामा भएको उक्त सत्रमा चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय समितिका २०३ सदस्य र १६८ वैकल्पिक सदस्यको सहभागिता थियो। उक्त सत्रमा सीलाई सीपीसी केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि नियुक्त गरिएको थियो। एक हप्ता लामो बैठकपछि पाँच वर्षमा एक पटक सम्पन्न भएको राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ।

    सीपीसीको सूचीकृत २०५ सदस्यमध्ये ११ जना मात्र महिला रहेका छन्। सीपछिका दोस्रो शक्तिशाली अधिकारीका रूपमा हेरिँदै आएका चिनियाँ प्रधानमन्त्रीलाई नयाँ केन्द्रीय समितिमा समावेश गरिएको छैन। जसको अर्थ लीले आफ्नो पार्टी भूमिकाबाट विदा लिने भएको छ।

    प्रकाशित मिति :कार्तिक ६, २०७९ आइतवार - १४:५०:०२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको