नितु स्मृति प्रतिष्ठान नेपालको अध्यक्षमा लिलाबहादुर खत्री चयन भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ स्थित सावित्रा माविमा भएको छैटौं अधिवेशनबाट खत्री सर्वसहमत चयन भएका हुन् ।
प्रतिष्ठानको उपाध्यक्षमा मधुकला राई, सचिवमा टंकप्रसाद भण्डारी, सहसचिवमा भक्ता राई, कोषाध्यक्षमा शिवबहादुर थापा चयन भएका छन् भने सदस्यहरुमा शिवनारायण श्रेष्ठ, देवि राई, लालकिरण राई, कृष्ण मगर, राम कुमारी रम्तेल, सिता राई चयन भएको प्रतिष्ठानले जनाएको छ ।