• ट्रेण्डिङ:

नितृ स्मृति प्रतिष्ठान नेपाल र इमानसिं–सोमलछी राई अक्षय कोषद्वारा २४ जना विद्यार्थी पुरस्कृत 

नितृ स्मृति प्रतिष्ठान नेपाल र इमानसिं–सोमलछी राई अक्षय कोषद्वारा २४ जना विद्यार्थी पुरस्कृत 

रोदिक खबर

१६, कार्तिक २०७९
  • 3.6K
    SHARES
  • नितृ स्मृति प्रतिष्ठान नेपाल र इमानसिं–सोमलछी राई अक्षय कोषद्वारा २४ जना विद्यार्थी पुरस्कृत 

    नितृ स्मृति प्रतिष्ठान नेपाल र इमानसिं–सोमलछी राई अक्षय कोषबाट बाम्राङका २४ जना विद्यार्थी पुरस्कृत भएका छन् । नितृ स्मृति प्रतिष्ठानको १६ आंै साधारण सभा तथा इमानसिं–सोमलछी राई शिक्षा पुरस्कार अक्षय कोषको पाँचौ साधारण सभाका अवशरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ७ वटा विद्यालयका २४ जना विद्यार्थीहरुलाई पुरस्कृत गरेको हो ।  
    उत्कृष्ट, गरिव तथा जेहेन्दार विद्यार्थीको शैक्षिक गुणस्तर तथा हौसला प्रदान गर्नका लागि गरिएको अक्षय कोषबाट सावित्रा मावि, सुर्के आधारभुत विद्यालय, बालविकास प्रावि, जनता प्रावि, बशन्त पञ्चमी प्रावि, सिद्धेश्वरी प्रावि र मेरीगोल्ड इङलिस बोडिङ स्कूलका छात्र–छात्रालाई पुरस्कार वितरण गरिएको नितृ स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष लिलाबहादुर खत्रीले बताए । 
    प्रत्येक वर्ष उत्कृष्ट, गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई पुरस्कृत गर्दै आएका दुई संस्थाले बुत्रवार सावित्रा मावि बाम्राङमा संयुक्त कार्यक्रम गरी प्रत्येक विद्यालयका प्रत्येक तहका उत्कृष्ट १० जनालाई नगद तथा स्टेशनरी सामग्री, गरिव तथा जेहेन्दार ५ जना र अतिरिक्त क्रियाकलापमा विजयी ९ जनालाई स्टेशनरी सामग्रीले पुरस्कृत गरिएको प्रतिष्ठानका अध्यक्ष खत्रीले बताए । 

    २०६३ सालमा स्थापित नितृ स्मृति प्रतिष्ठानको अक्षय कोषमा रकम ३ लाख ७५ हजार रहेको छ भने वि.स २०७४ सालमा स्थापित इमानसिं–सोमलछी राईको अक्षय कोषमा ३ लाख २५ हजार रहेको संस्थाले जनाएको छ । 

    यस्तै, यसै अवशरमा चक्र–अन्जु राई फाउन्डेसनले पनि उत्कृष्ट दुई जनालाई स्टेशनरी सामग्री प्रदान गरेको छ । उच्च शिक्षा सम्मको अध्ययनको जिम्मा लिएका सावित्रा माविमा कक्षा ४ मा अध्ययनरत युनिशा विक र सुर्के आधारभुत विद्यालयमा कक्षा ५ मा अध्ययनरत श्यामविक्रम खत्रीलाई नियमित स्टेशनरी प्रदान गर्ने क्रममा फाउन्डेसनले अन्य उत्कृष्ट दुई जना विद्यार्थीलाई स्टेशनरी सामग्री प्रदान गरेको हो ।

    प्रकाशित मिति :कार्तिक १६, २०७९ बुधवार - २०:१५:१६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको