• ट्रेण्डिङ:

केपिलासगढी गाउँपालिकाले ‘बुहारी शिक्षा’ कार्यक्रम कार्यान्वयनमा ल्याउने तयारी

केपिलासगढी गाउँपालिकाले ‘बुहारी शिक्षा’ कार्यक्रम कार्यान्वयनमा ल्याउने तयारी

रोदिक खबर

२४, कार्तिक २०७९
  • 3.2K
    SHARES
  • केपिलासगढी गाउँपालिकाले ‘बुहारी शिक्षा’ कार्यक्रम कार्यान्वयनमा ल्याउने तयारी

    खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले ‘बुहारी शिक्षा’ कार्यक्रम कार्यान्वयनमा ल्याउने तयारी थालेको छ। आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममा समावेश गरिएको बुहारी शिक्षा कार्यक्रम कार्यान्वयनमा ल्याउने तयारी गरेको हो।

    गाउँपालिकाको सात वडामा विभिन्न स्थानबाट विवाह गरी आएका कक्षा ८ पास र माध्यमिक शिक्षा परीक्षा एसईई उतिर्ण गरेका बुहारीहरुको पढ्ने इच्छालाई पूरा गराउन तथा उच्च शिक्षा हाँसिल गराउनका लागि बुहारी शिक्षा कार्यक्रम कार्यान्वयनको तयारीमा लागिएको गाउँपालिकाले जनाएको छ।

    जसका लागि २२ कार्तिकमा सम्पूर्ण वडामा रहेका कक्षा ८ र एसईई उतिर्ण गरेर बसेका बुहारीहरुको तथ्याङक ३० दिनभित्र शिक्षा शाखा र महिला तथा बालबालिका शाखामा उपलब्ध गराउन पत्रचार गरिएको छ। पत्रका साथमा आवेदन फारम वडाहरुमा पठाईएको निमित्त प्रमुख प्रशासकीय अधिकृत गुञ्जन कार्कीले बताए।

    बुहारी शिक्षा कार्यक्रमले कक्षा ८ पास गरेका बुहारीहरुलाई कक्षा ९ मा भर्ना शुल्क, रजिष्ट्रेशन फारम शुल्क, स्टेशनरी लगायत व्यवस्थापन गरेर एसईई परीक्षासम्म सहयोग गरिदिनेछ। एसईई उतिर्ण गरेका बुहारीलाई कक्षा ११ र कक्षा १२ अध्ययन तथा परीक्षामा सामेल हुनलाई सम्पूर्ण व्यवस्थापन गरिदिनेछ।

    आर्थिक, पारिवारीक समस्याका कारण पढ्न नसकेका बुहारीहरुका लागि अघि बढाईएको कार्यक्रममा बुहारीहरु रेगुलर कक्षामा जान त सक्नुहुन्न शिक्षा शाखा संयोजक सुरेन्द्र खनालले भने, त्यसका लागि गाउँपालिकाले ट्युसन पढाउने शिक्षकको व्यवस्थापन गरेर परीक्षामा सामेल गराईनेछ।

    चालू शैक्षिक सत्रमा मुख्यतः बुहारी शिक्षा सञ्चालनलाई कार्यविधि तयार गर्छौ, कक्षा ८ र एसईई उतिर्ण गरेका बुहारीहरुको विवरण संकलन गर्छौ। जसले गर्दा बुहारी शिक्षा कार्यक्रमलाई वजेट विनियोजन गर्न सजिलो हुनेछ।

    प्रकाशित मिति :कार्तिक २४, २०७९ बिहिवार - २०:५३:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको