शुक्रवार, भाद्र २६ गते २०८३

निर्वाचनको शान्ति सुरक्षा व्यवस्था बारे बुझ्नका लागि प्रधानसेनापति शर्मा खोटाङमा

निर्वाचनको शान्ति सुरक्षा व्यवस्था बारे बुझ्नका लागि प्रधानसेनापति शर्मा खोटाङमा

रोदिक खबर

२६, कार्तिक २०७९
  • 2.1K
    SHARES
  • निर्वाचनको शान्ति सुरक्षा व्यवस्था बारे बुझ्नका लागि प्रधानसेनापति शर्मा  खोटाङमा

    खोटाङ। निर्वाचन सुरक्षाको सन्दर्भमा प्रधानसेनापति प्रभुराम शर्मा खोटाङ आएका छन् । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्वन्धी शान्ति सुरक्षाको स्थिति बुझ्न र अनुगमनका लागि प्रधानसेनापति शर्मा शुक्रबार खोटाङ आएका हुन् । निर्वाचनको शान्ति सुरक्षा व्यवस्था बारे बुझ्नका लागि प्रधानसेनापति शर्मा खोटाङ आएको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईले बताए ।

    खोटाङ आएको अवसरमा प्रधानसेनापति शर्माले हलेसीको दर्शन गरेका छन् । उनले हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख बिमला राई र उपप्रमुख रमेश राउतसँग भेटघाट गरेका छन् ।

    भेटमा निर्वाचनको सुरक्षा सम्वन्धी कुराकानी भएको नगरप्रमुख राईले बताईन् । ‘उहाँसँग निर्वाचनको सुरक्षाका सन्दर्भमा गफगाफ भयो,’ नगरप्रमुख राईले भनिन्, ‘खोटाङ आउनुको उद्धेश्यका बारेमा शेयरिङ गर्नुभएको थियो ।’

     

    प्रकाशित मिति :कार्तिक २६, २०७९ शनिवार - ०७:३३:२० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको