• ट्रेण्डिङ:

 खोटाङमा डेंगु संक्रमितको संख्या बढ्दो

 खोटाङमा डेंगु संक्रमितको संख्या बढ्दो

रोदिक खबर

२६, कार्तिक २०७९
  • 1.7K
    SHARES
  •  खोटाङमा डेंगु संक्रमितको संख्या बढ्दो

    खोटाङ। डेंगु संक्रमण रोकथाम तथा नियन्त्रणका अभियान चलाइए पनि खोटाङमा डेंगु संक्रमितको संख्या २४४ नाघेको छ । गत भदौ १४ गतेदेखि कात्तिक १२ गतेसम्ममा १३९ पुरुष र १०५ महिलालाई डेंगु संक्रमण पूष्टि भएको हो ।

    जिल्ला अस्पतालका अनुसार गत भदौमा ७ महिला र १४ पुरुष, असोजमा ८१ महिला र १०९ पुरुष, कात्तिकमा १७ महिला र १६ पुरुषलाई डेंगु संक्रमण भएको हो । कात्तिक १२ गते यताको संक्रमितको तथ्यांक भने आउन बाँकी छ ।

    तथ्यंकीय हिसावले असोजको तुलनामा कात्तिकमा संक्रमितको संख्या घट्दो दरमा रहेको जिल्ला अस्पतालले जनाएको छ । अधिकांश डेंगु संक्रमित निको भइसकेका छन् भने केही बिरामी अहिले पनि उपचारमा छन् । असोजमा एकै दिन तीनरचार जनासम्म डेंगुका बिरामी भेटिएको अस्पतालले जनाएको छ ।

    डेंगु संक्रमित बिरामीलाई उच्च ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने र आँखा पछाडिको भाग दुख्ने लगायतका लक्षण देखिने गरेको जिल्ला अस्पतालका डा। नितु लामाले बताईन् ।

    सिकिस्त अवस्थाका बिरामीलाई अस्पतालमा भर्ना गरेर उपचारको प्रवन्ध मिलाइएको छ । शरीरमा सेतो रगत कम भएका १५ वर्षका एक बिरामीलाई भने अन्यत्र रेफर गरिएको अस्पतालले जनाएको छ ।

    यो सिजनमा खोटाङमा विगतका वर्ष पनि डेंगुका बिरामी भेटिने गरेको थियो । बढ्दो डेंगु संक्रमण रोक्नका लागि दिक्तेल रुपाकोट मझवागढी नगरपालिकाले असोज पहिलो हप्ता दिक्तेलबजारमा डेंगु सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान चलाएको थियो ।

    स्क्रवटाइफसका बिरामीको संख्या सात पुग्यो
    यस्तै, खोटाङमा स्क्रवटाइफसका बिरामीको संख्या सात पुगेको छ । भदौमा चार महिला, असोजमा दुई पुरुष र कात्तिकमा एक पुरुषलाई स्क्रवटाइफस पूष्टि भएको अस्पतालले जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक २६, २०७९ शनिवार - ०७:३९:४७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको