शुक्रवार, भाद्र २६ गते २०८३

खोटाङमा मतदान अधिकृतलाई निर्वाचन सामाग्री वितरण

खोटाङमा मतदान अधिकृतलाई निर्वाचन सामाग्री वितरण

रोदिक खबर

२९, कार्तिक २०७९
  • 1.7K
    SHARES
  • खोटाङमा मतदान अधिकृतलाई निर्वाचन सामाग्री वितरण

    खोटाङ । खोटाङमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन सामग्री वितरण थालिएको छ। मंसिर ४ गते हुने निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्रीहरु वितरण थालिएको हो।

    जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयदेखि मंगलबारबाट मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन सामग्री वितरण थालिएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले जानकारी दिए।

    गौतमका अनुसार आज जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकाका मतदान अधिकृत र सहायक मतदान अधिकृतले निर्वाचन सामग्री बुझेका छन्। निर्वाचन सामग्रीमा मतपेटिका, छेकाबार, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक छाप, स्टाम प्याड, स्टाम प्याड मसी, मार्कर पेन, स्केल मेटल, कैची, ग्लुस्टिक, पंचिङ मेसिन लगायत ६२ प्रकारका निर्वाचन सामग्री छन्।

    भोलीसम्म सम्पूर्ण गाउँपालिका तथा नगरपालिकाको मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन सामग्री जिम्मा दिई सकिने निर्वाचन अधिकारी गौतमले बताए। नजिकले पर्सीसम्म निर्वाचन सामग्री लानेछन् । १ मंसिरभित्र निर्वाचन सामग्री लिएर उनीहरु मतदान केन्द्रमा पुगीसक्नुपर्नेछ।

    जिल्लामा पुरुष मतदाता ७४ हजार ९२७ र महिला मतदाता ६७ हजार ८३५ गरी कूल १ लाख ४२ हजार ७९२ मतदाता रहेका छन्। १३६ मतदान स्थल र दुई अस्थायी सहित १९६ मतदान केन्द्र रहेको छ।

    प्रकाशित मिति :कार्तिक २९, २०७९ मंगलवार - १९:०७:१६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको