शुक्रवार, भाद्र २६ गते २०८३

दिक्तेलमा नमुना मतदान

दिक्तेलमा नमुना मतदान

रोदिक खबर

२९, कार्तिक २०७९
  • 1.0K
    SHARES
  • दिक्तेलमा नमुना मतदान

    खोटाङ । जिल्ला निर्वाचन कार्यालय खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नमुना मतदान गराएको छ। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै मतदान अधिकृत र सहाययक मतदान अधिकृतलाई नमुना मतदान गराएका हुन्।

    निर्वाचन गराउन जान लागेका मतदान अधिकृत र सहाययक मतदान अधिकृतलाई नमुना मतदानमा सहभागी गराईएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ।

    मत बदर हुन नदिन, निर्वाचनका प्राविधिक समस्याहरु पहिचान गर्न, चार वटा मतपेटिका हुने र चारवटा मतपत्र हुने जानकारी गराउनका लागि नमुना मतदान गराईएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले जानकारी दिए । यसले मत बदरमा कमी आउने र निर्वाचनको स्पीड बढ्ने अपेक्षा गरिएको छ।

    यसअघि वराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, खोटेहाङ गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, साकेला गाउँपालिका, रावाबेंशी गाउँपालिका, केपिलासगढी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिकामा नमुना मतदान गराईएको छ । भोली र पर्सीमा एकदिन हलेसी तुवाचुङ नगरपालिकामा नमुना मतदान गराईने गौतमले बताए।

    जिल्लामा पुरुष मतदाता ७४ हजार ९२७ र महिला मतदाता ६७ हजार ८३५ गरी कूल १ लाख ४२ हजार ७९२ मतदाता छन् । १३६ मतदान स्थल र दुई अस्थायीसहित १९६ मतदान केन्द्र रहेको छ। निर्वाचन सुरक्षा योजना अनुसार सम्पूर्ण सुरक्षाका निकायहरु त्यही अनुसार खटिरहेकाले शान्ती सुरक्षाको अवस्था मजबुत रहेको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईले बताए।

    प्रकाशित मिति :कार्तिक २९, २०७९ मंगलवार - १९:१५:३३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको