शुक्रवार, भाद्र २६ गते २०८३

निर्वाचनका लागि एक हजार ५ सय ५८ कर्मचारी र एक हजार ८ सय सुरक्षाकर्मी खटिए

निर्वाचनका लागि एक हजार ५ सय ५८ कर्मचारी र एक हजार ८ सय सुरक्षाकर्मी खटिए

रोदिक खबर

२, मंसिर २०७९
  • 2.1K
    SHARES
  • निर्वाचनका लागि एक हजार ५ सय ५८ कर्मचारी र  एक हजार ८ सय सुरक्षाकर्मी खटिए

    खोटाङ । खोटाङमा निर्वाचनकालागि एक हजार ५ सय ५८ कर्मचारी  र एक हजार ८ सय सुरक्षाकर्मी खटिए सुरक्षाकर्मी मतदान स्थलमा खटिएका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सामाग्रीसहित कर्मचारी र सुरक्षाकर्मी खटिएका हुन् ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत सबै मतदान स्थलमा मतपत्र, मतपेटिका लगायतका निर्वाचन सामग्री सहितका कर्मचारी र सुरक्षाकर्मीको टोली जिल्लाबाट खटिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले बताए । 

    निर्वाचन सामाग्री बस तथा सुमोमा लिएर जादै कर्मचारीहरु मतपत्र, मतपेटिका, मतदाता नामावली, छेकाबारा, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक छाप लगायतका ६२ प्रकारका निर्वाचन सामग्री सहित मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारी बस रिजर्भ गरेर मतदान स्थलतर्फ गएका छन् ।

    खोटाङमा १३६ मतदान स्थल, १९४ मतदान केन्द्र र दुई वटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । मतदान स्थल पुगेका कर्मचारीले मदिरा, हातहतियार, चुनावी प्रचार–प्रसार र शान्ति भंग गर्न निषेध सम्वन्धी सूचना टाँस गरेर मतदान केन्द्र निर्माणको थालनी गर्ने सहायक निर्वाचन अधिकृत यादवले बताए ।

    यस निर्वाचनमा एक लाख ४२ हजार ७९२ मतदाताले मताधिकार उपयोग गर्ने निर्वाचन कार्यालयले जनाएको छ । कसरी हुन्छ मत गणना ? ४ गते साँझ ५ बजेसम्म मतदान गर्न पाउने समय तोकिएको छ । ५ बजे पश्चात मुचुल्का उठाएर मतदान स्थलबाट मत पेटिका हिडाइनेछ । ५ गते भित्रमा बत पेटिका सदरमुकाम आइसक्ने छ ।

    त्यसपछि दलहरुको सहमती अनुसार मतगणना सुरु गरिने सहायक निर्वाचन अधिकृत यादवले बताए । मुख्य निर्वाचनको कार्यालय (अदालत) मा तीन ठाउँमा मत गणना गरिने उनको भनाइ छ । सुरुमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ मत गणना हुनेछ । त्यसपछि दुई प्रदेश सभाको गणना सकेर समानुपातिक तर्फको मत गणना हुनेछ ।

    प्रकाशित मिति :मंसिर २, २०७९ शुक्रवार - ०९:४२:२७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको