शुक्रवार, भाद्र २६ गते २०८३

जिल्ला कारागारका ४४ कैदीबन्दीले गरे मतदान

जिल्ला कारागारका ४४ कैदीबन्दीले गरे मतदान

रोदिक खबर

४, मंसिर २०७९
  • 1.7K
    SHARES
  • जिल्ला कारागारका ४४ कैदीबन्दीले गरे मतदान

    खोटाङ । खोटाङमा ४४ कैदीबन्दीले मतदान गरेका छन्। जिल्ला कारागारमा रहेका कैदीबन्दीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मतदान गरेका हुन्।

    कैदीबन्दीका लागि मतदान गर्न कारागारमा अस्थायी मतदान केन्द्र बनाईएको थियो। मतदान गर्र्नेमा सबै पुरुष कैदीबन्दी छन्। कारागारमा कार्यरत दुई जना कर्मचारीले पनि मतदान गरेका छन्। बिहान ७ बजेबाट सुरु भएको मतदान बिहान ९ बजे सकिएको थियो।

    यसैगरी, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडांई, मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश शुभाषबाबु गिरी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गुल्म हलेसी खोटाङका डिएसपी श्याम रावत र सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले पनि जिल्ला समन्वय समितिको अस्थायी मतदान केन्द्रबाट मतदान गर्नुभएको छ।

    प्रकाशित मिति :मंसिर ४, २०७९ आइतवार - २०:०७:३१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको