खोटाङ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि भएको मतदानमा खोटाङमा ४८ प्रतिशत मत खसेको छ । एक प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको खोटाङमा प्रारम्भिक मत परिणाम अनुसार ४८ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश शुभाषबाबु गिरीले जानकारी दिए।
कुल १ लाख ४२ हजार ७९२ मतदाता रहेको खोटाङमा ४८ प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको मुख्य निर्वाचन अधिकृत गिरीको भनाइछ । मुख्य निर्वाचन अधिकृत गिरीका अनुसार १ सय ९४ मतदान केन्द्र रहेको खोटाङमा सबै ठाउँमा शान्तिपूर्ण रुपले मतदान सम्पन्न भएको छ । अहिले मतपेटिका संकलन गर्ने काम भइरहेको छ । मतगणना भोलि अपरान्हपछि गरिने तयारी भईरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।