• ट्रेण्डिङ:

ललितपुर- २ मा एमालेका महर्जन निर्वाचित

ललितपुर- २ मा एमालेका महर्जन निर्वाचित

रोदिक खबर

५, मंसिर २०७९
  • 1.8K
    SHARES
  • ललितपुर- २ मा एमालेका महर्जन निर्वाचित

     ललितपुर। ललितपुर क्षेत्र नं २ मा नेकपा एमालेका प्रेमलाल महर्जन १९ हजार ८३४ मतसहित निर्वाचित भएका छन् । उनका निकतटम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १० हजार ४४० मत ल्याएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका वुद्धरत्न महर्जनले १० हजार १३६ मत ल्याएका छन् ।

    साथै सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन ९ हजार ५३९ मतसहित चौथो स्थानमा रहेका छन् । यस्तै राप्रपाका रघुवरराज थापाले ७ हजार ७९९ मत ल्याए ।

    यद्यपि निर्वाचन आयोगले औपचारिक रुपमा घोषणा गरिसकेको छैन । यससँगै मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेको यो पहिलो जित हो ।

    प्रकाशित मिति :मंसिर ५, २०७९ सोमवार - २२:२५:१६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको