इरानमाथि इंग्ल्यान्डको सहज जित

इरानमाथि इंग्ल्यान्डको सहज जित

रोदिक खबर

५, मंसिर २०७९
  • 2.5K
    SHARES
  • इरानमाथि इंग्ल्यान्डको सहज जित

    दोहा । उपाधिको बलियो प्रत्यासी रहेको इंग्ल्यान्डले सोमबार विश्वकप २०२२ को समूह ‘बी’ मा सजिलो जित निकालेको छ । उसले इरानमाथि ६–२ को एकपक्षीय जित निकालेको हो र यससँगै तीन बहुमूल्य अंक बटुल्न पनि सफल रह्यो ।

    यो जितसँगै इंग्ल्यान्डले समूहको शीर्ष स्थान ओगटेको छ । इंग्ल्यान्ड पहिलो हाफमै तीन गोलले अगाडि रहेको थियो । उसका लागि जुड बेलिङघमले गोलको खाता खोलेयता बुकायो साकाले दुई गोल गरे ।

    यस्तै रहिम स्टर्लिङ, मार्कस रसफोर्ड र ज्याक ग्रेलिसले एक एक गोल गरे । इरानका तर्फबाट मेहदी तारेमीले दुई गोल फर्काए । उनले दोस्रो गोल इन्ज्युरी समयको अन्त्यतिर पेनाल्टीबाट गरे ।

    इरानले चोटका कारण पहिलो हाफमा पहिलो रोजाइका गोलरक्षक सइद हुसेन हुसेइनीलाई गुमाएको थियो र यसले उसको खेल प्रभावित रह्यो । एजेन्सी

    प्रकाशित मिति :मंसिर ५, २०७९ सोमवार - २३:२३:५१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको