खोटाङमा सोमबार राति ११ः३० बजेबाट मतगणना सुरु भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यतर्फ आइतबार भएको मतदानको गणना सोमबार राति ११ः३० बजेबाट शुरु गरिएको हो ।
जिल्लाको जन्तेढुङ्गा, बराहपोखरी गाउँपालिका क्षेत्रमा रहेका मतदानस्थल तथा मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गर्न ढिलाइ भएपछि मत गणना कार्यमा पनि ढिलाइ भएको हो ।
प्रतिनिधिसभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा एक लाख ४२ हजार ७९२ मतदाता रहेकोमा ६७ हजार ३७३ (४७.१७ प्रतिशत) मत खसेको छ ।
निर्वाचनमा स्वतन्त्र सहित नौ दलका २६ उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधिसभा सदस्यमा आठ, प्रदेशसभा (क)मा १० जना र प्रदेशसभा ९ख०मा छ जना उम्मेदवार छन् ।