खोटाङ । खोटाङ प्रतिनिधिसभा प्रत्यक्षतर्फको सुरुवाती मत गणनामा गठबन्धनका साझा उम्मेद्वार रामकुमार राई (पासाङ) ले अग्रता लिएका छन् । ५ सय मत गणना हुँदा साझा उम्मेद्वार माओवादीका राईले नेकपा एमालेका विशाल भट्टराईभन्दा १२ मतले अग्रता लिएका हुन् । राईले २ सय ३६ मत प्राप्त गर्दा भट्टराईले २ सय २४ मत प्राप्त गरेका छन् ।
यस्तै, जसपाका डा. कृष्णकुमार राईले २, राप्रपा सर्जु श्रेष्ठले २, आमूल परिवर्तन मसिया पार्टी नेपालका चन्द्रमनि राईले ५, नेपाल मंगोल अर्गनाइजेसन दिपक मगरले २ मत पाएका छन् । नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेत र स्वतन्त्र उम्मेद्वार जयन्द्र कुमार राईले अहिलेसम्म मत पाएका छैनन् ।
२७ मत बदर भएको छ ।