खोटाङ । खोटाङ प्रदेशसभा (क) मा नेकपा एमालेका उम्मेदवार पाँचकर्ण राई विजयी भएका छन् । यसअघि संविधानसभा सदस्य बनिसकेका उनी वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का बिरवलकाजी राईलाई १ हजार १९२ मतले पछि पार्दै प्रदेश सांसदमा विजयी भएका हुन् ।
बुधबार राती घोषित अन्तिम परिणाम अनुसार पाँचकर्णले १३ हजार १५७ मत पाउँदा विरबलकाजीले ११ हजार ९६५ मत पाएका छन् । २०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा पराजित उनी २०७० को दोश्रो संविधानसभा सदस्य निर्वाचनमा भने निर्वाचित भएका थिए ।
जम्मा मतदाता ७४ हजार ६३९ मतदाता रहेको प्रदेश ९क०मा ३३ हजार ९४४ मत खसेको थियो । १ हजार ५५४ मत बदर भएको छ । निर्वाचित पाँचकर्ण र निकटतम प्रतिद्धन्द्धी बिलवलकाजी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा निवासी हुन् ।
गठबन्धन विरुद्ध कांग्रेसका धर्मराज पोखरेलले स्वतन्त्र उम्मेदवारी दिएको प्रत्यक्ष फाईदा एमालेका राईले उठाएका हुन् । पोखरेलले ३ हजार १४५ मत ल्याएका छन् । निर्वाचनमा जसपाका राकेश राईले २ हजार ३४० मत, नेकपा ९माले०का पदमप्रसाद आचार्यले १ हजार ५२५ मत, मंगोल नेशनल अर्गनाइजेसनका प्रयाग राईले १६४ मत, नेमकिपाका केशव राईले ८२ मत, स्वतन्त्रका कुमारप्रसाद भट्टराईले १२ मत पाएको मुख्या निर्वाच अधिकृतको कार्यालयले जनाएको छ ।