• ट्रेण्डिङ:

खोटाङ सेवा समाज कतारद्वारा कारागारलाई पुस्तक र फर्निचर

खोटाङ सेवा समाज कतारद्वारा कारागारलाई पुस्तक र फर्निचर

रोदिक खबर

१०, मंसिर २०७९
  • 3.2K
    SHARES
  • खोटाङ सेवा समाज कतारद्वारा कारागारलाई पुस्तक र फर्निचर

    खोटाङ  । खोटाङ सेवा समाज कतारले जिल्ला कारागार खोटाङलाई २५५ थान पुस्तक तथा आवश्यक फर्निचरका सामग्री उपलब्ध गराएको छ ।

    रोजगारीको सिलसिलामा कतार पुगेका खोटाङ्गेहरुले वि.सं. २०५४ सालमा स्थापना गरेको संस्था ‘खोटाङ सेवा समाज कतार’ ले शनिबार कारागार परिसरमा औपचारिक कार्यक्रम गरेर विभिन्न विद्याका पुस्तक तथा आवश्यक फर्निचरका सामग्री उपलब्ध गराएको हो । समाजले २५५ थान पुस्तक, दुई थान पुस्तक राख्ने ¥याक र एक÷एक थान टेबल र बेन्च कारागारलाई प्रदान गरेको हो ।

    कारागारमा जेल जीवन बिताइरहेका कैदीबन्दीलाई लक्षित गर्दै नेपालको संविधान, कानून, राजनीति, ईतिहास, साहित्य, कथा, कविता लगायत विभिन्न विद्याका पुस्तक प्रदान गरिएको समाजका वरिष्ठ उपाध्यक्ष डिल्लीशेर खड्काले जानकारी दिए  । 

    समाजले उपलब्ध गराएको पुस्तक कार्यक्रमका प्रमुख अतिथि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राई, सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश साह, वरिष्ठ उपाध्यक्ष खड्का लगायतले संयुक्त रुपमा कारागारका निमित्त जेलर सोमप्रसाद आचार्यलाई हस्तान्तरण गर्नुभएको थियो । 

    समाजले उपलब्ध गराएको पुस्तक लगायत फर्निचरका सामग्री बुझ्नुहुँदै जेलर आचार्यले समाजलाई धन्यवाद दिएका छन् । पुस्तक तथा फर्निचरका सामग्री हस्तान्तरण कार्यक्रममा जनप्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

     

    प्रकाशित मिति :मंसिर १०, २०७९ शनिवार - १९:३९:२३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको