शुक्रवार, भाद्र २६ गते २०८३

बस दुर्घटना हुँदा खोटाङमा चार घाइते 

बस दुर्घटना हुँदा खोटाङमा चार घाइते 

रोदिक खबर

१८, मंसिर २०७९
  • 7.5K
    SHARES
  • बस दुर्घटना हुँदा खोटाङमा चार घाइते 

    खोटाङ । बस दुर्घटना हुँदा खोटाङमा चार घाइते भएका छन् । साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङबाट दिक्तेल जाँदै गरेको बा ३ ख १८९५ नम्बरको बस साकेला गाउँपालिका–५ मात्तिम बिर्ताको कामिसरामा पल्टिँदा सहचालक सहित चार घाईते भएका हुन् ।

    ब्रेक फेल भएर सडकमा बस पल्टिँदा साकेला गाउँपालिका–३ खिदिमाका २३ वर्षीय दिपेन्द्र तामाङ, ४५ वर्षीय कल्पना राई, ऐसेलुखर्क गाउँपालिकाकी २८ वर्षीय इन्दिरा पुरी र शारदा नगरपालिका सल्यानका सहचालक मिलन मगर घाईते भएका हुन् । 

    टाउको, कान, खुट्टा लगायतका ठाउँमा चोटपटक लागेका घाइतेलाई घट्नास्थलमै स्वास्थ्यकर्मी बोलाएर प्राथमिक उपचार पछि एम्बुलेन्समार्फत जिल्ला अस्पताल दिक्तेलमा लगरेर उपचार भईरहेको प्रहरीले जनाएको छ ।

    घाइतेको अवस्था सामान्य रहेको छ । ब्रेक पाईप फुटेपछि हावा लिक भएर बस पल्टिएको चालक सुदन बिकले बताए । चालक र सहचालक सहित पाँच जना सवार बस सडकमै पल्टिएको छ ।

    प्रकाशित मिति :मंसिर १८, २०७९ आइतवार - १२:१४:४७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको