शुक्रवार, भाद्र २६ गते २०८३

पत्रकार राईको रिहाइको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

पत्रकार राईको रिहाइको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

रोदिक खबर

१८, मंसिर २०७९
  • 4.1K
    SHARES
  • पत्रकार राईको रिहाइको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

    खोटाङ । पत्रकार गजेन्द्र राईको रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत गृहमन्त्रीसमक्ष आइतबार ज्ञापनपत्र बुझाइएको छ । समाचार लेखेकै आधारमा पत्रकार राईलाई साइबर क्राइममा झुटो मुद्दा दायर गरी पक्राउ गरिएको भन्दै नेपाल पत्रकार महासंघ खोटाङ शाखाले बिनासर्त रिहाइको माग गर्दै ज्ञापनपत्र बुझाएको हो  ।

    महासंघ खोटाङ शाखाका अध्यक्ष दिलीप खत्रीले उक्त ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहमार्फत बुझाएका हुन् । ज्ञापनपत्रमा भनिएको छ, ‘समाचारमा चित्त नबुझे प्रेस काउन्सिलमार्फत कानुनी उपचार खोज्नु पर्नेमा साइबर क्राइममा मुद्दा चलाइएकाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हकलाई कुण्ठित पारिएकाले उनीमाथि लगाइएको मुद्दा खारेज गरी बिनासर्त रिहाइ गर्न गृहमन्त्री समक्ष जोडदार माग गर्दछ ।’

    नेपाल पत्रकार महासंघ उदयपुर शाखाका निवर्तमान सहसचिव, रेडियो नेपालका संवाददाता एवं निगरानी पोष्ट डटकमका सञ्चालक राईलाई प्रहरीले १० मंसिरमा गाईघाटबाट पक्राउ  गरी हाल साइबर व्युरोले काठमाडौंको दरबारमार्ग प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।

    प्रकाशित मिति :मंसिर १८, २०७९ आइतवार - २२:२२:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको