• ट्रेण्डिङ:

प्रचण्डले लिए प्रधानमन्त्रीको शपथ

प्रचण्डले लिए प्रधानमन्त्रीको शपथ

रोदिक खबर

११, पौष २०७९
  • 2.9K
    SHARES
  • प्रचण्डले लिए प्रधानमन्त्रीको शपथ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् । सोमबार नै ३ जना उपप्रधानमन्त्री र ४ जना मन्त्रीहरुले पनि शपथ लिएका छन् ।

    उपप्रधानमन्त्रीहरुमा विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय सम्हाल्नेछन् ।

    मन्त्रीहरुको भने कार्यविभाजन तोकिएको छैन । ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका हुन् ।

    प्रकाशित मिति :पौष ११, २०७९ सोमवार - १६:५२:२३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको