• ट्रेण्डिङ:

करीव ५५ करोडको खानेपानी आयोजना शिलान्यास

करीव ५५ करोडको खानेपानी आयोजना शिलान्यास

रोदिक खबर

२३, पौष २०७९
  • 3.0K
    SHARES
  • करीव ५५ करोडको खानेपानी आयोजना शिलान्यास

    खोटाङ । खानेपानी समस्या झेलिरहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको लफ्याङ, खाल्ले र बाम्राङमा खानेपानी वितरण गर्ने गरी मेवा दोभान साप्सु कालिका देविस्थान लिफ्टिङ खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । साप्सु खोलाको पानी बस्तीमा ल्याएर वितरण गर्ने गरी अघि बढाइएको आयोजनाको संविधान सभा सदस्य अर्जुनकुमार राईले साप्सु खोलामा शनिवार शिलान्यास गरेका हुन् ।

    संघीय खानेपानी तथा ढल व्वस्थापन आयोजना खोटाङले अघि बढाएको आयोजनाको ठेक्का लागि सकेकाले काम अघि बढ्ने जानकारी दिइएको छ । ‘आयोजना पुरा गरेपछि खानेपानीको समस्या समाधान हुनेछ’ संविधान सभा सदस्य राईले भने ‘निर्माण कम्पनीले समयमा नै काम सक्नेछ भन्ने विश्वास लिएका छौँ ।’

    २०८२ साउनमा सम्पन्न गर्ने गरी २०७९ साउन २४ गते ठेक्का लागेको आयोजनाको काम ५४ करोड ६७ लाख ९० हजार ७१६ रुपैया लागतमा अघि बढेको हो । मृत संजिबनी निर्माण सेवा प्रालि. र सगरमाथा ड्रलिङ एण्ड कन्ट्रकशन कम्पनी प्रालि.जेभिले आयोजनाको ठेक्का पाएको छ । आयोजनाको कामले तीव्रता पाउने ठेकेदार कम्पनीका इन्जिनियर हरिदेवकिशोर रजकले बताए ।

    आयोजना सञ्चालनमा आएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नम्बर ३, ४ र ५ का २ हजार ३८२ घरपरिवार लाभान्वित हुनेछन् । ७ स्टेजमा ५ हजार १०० मिटर फलामे पाइपबाट मुख्य प्रशारण लाईनसम्म खोलाको पानी ल्याइएपछि बस्तीमा लगिने जनाइएको छ ।  आयोजनबाट १२ हजार ४ सय ७८ जना प्रत्यक्ष लावान्भित हुने तथ्याङक रहेको छ ।

    पानीका पुराना मुहान सुक्दै गएपछि खानेपानीको अभाव भोगिरहेका बासिन्दाहरु आयोजना बन्ने भएपछि खुसी छन् । खोलाको पानी बस्तीसम्म आएर उपभोग गर्न पाएमा ठूलो राहत पुग्ने लफ्याङका स्थानीय जसराज किरातीले बताए । 

    कार्यक्रमका वक्ताहरुले ठेकेदार कम्पनीलाई जनताको खानेपानीको चरम समस्यालाई बुझेर समयमा काम सक्न आग्रह गरे । खानेपानी नागरिकको न्यूनतम आवश्यकता भएकाले यो आयोजनाबाट सुविधा प्राप्त हुने भएकाले आयोजना सफलतापूर्वक सम्पन्न गर्नका लागि सबैले सहयोग गर्नुपर्ने उनीहरुको भनाई थियो ।

    मेवा दोभान साप्सु कालिका देविस्थान लिफ्टिङ खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष ललितकुमार राईको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल, प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाइ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका वडाध्यक्ष दिनेशकुमार घिमिरे लगायतले आ–आफ्नो धारणा राखेका थिए । 

    प्रकाशित मिति :पौष २३, २०७९ शनिवार - १७:५१:०० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको