शुक्रवार, भाद्र २६ गते २०८३

अशक्त अवस्थाका जेष्ठ नागरिक तथा अपाङ्गता भएका लाभग्राहीको लागि घरदैलो अभियान

अशक्त अवस्थाका जेष्ठ नागरिक तथा अपाङ्गता भएका लाभग्राहीको लागि घरदैलो अभियान

रोदिक खबर

२७, पौष २०७९
  • 3.0K
    SHARES
  • अशक्त अवस्थाका जेष्ठ नागरिक तथा अपाङ्गता भएका लाभग्राहीको लागि घरदैलो अभियान

    साकेला । शारीरिक रुपमा अशक्त भई बैंक सम्म पुगेर सामाजिक सुरक्षा भत्ता बुझ्न नसक्ने लाभग्राहीको सहजताका लागि साकेला गाउँपालिकाले घरदैलो कार्यक्रम सञ्चालन गरेको छ । साकेला गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा र नेपाल एसबिआई बैंकको सँयुक्त आयोजनामा सञ्चालन गरिएको घरदैलो कार्यक्रमबाट ९० वर्ष भन्दा माथिका जेष्ठ नागरिक तथा क वर्गको अपाङ्गता भएका लाभग्राहीहरु लाभान्वित भएका छन् । 

    5a.jpg

    बैंक तथा बैंकले सञ्चालन गर्ने शिविरहरुमा उपस्थित भएर खाता खोल्न तथा भत्ता रकम बुझ्न नसक्ने लाभग्राहीको घरघरमै पुगेर बैंङ्किङ सेवा प्रवाह गरिएको सामाजिक सुरक्षा शाखा प्रमुख डिएम चाम्लिङ राईले जानकारी दिए । गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार उक्त अभियान सञ्चालन गरिएको हो । 

    गाउँपालिकाको वडा नम्बर १ को बाँझेच्यानडाँडा, वडा नं. २ को रतन्छा र वडा नं. ३ को खिदिमाका विभिन्न टोल तथा बस्तीहरुका घरघरमा पुगेर अशक्त अवस्थाका लाभग्राहीहरुलाई सेवा प्रदान गरिएको हो । त्यस्तै वडा नं. ४ र ५ मा पनि उक्त अभियान सञ्चालनको तयारी गरिएको छ ।

    2a.jpg

    अशक्त अवस्थाका लाभग्राहीहरुको घरमा पुगेर बैंक खाता खोल्ने तथा ९० वर्ष माथिका लाभग्राही र अपाङ्गता भएका लाभग्राहीहरुको हकमा बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ को दफा १११  अनुसार हकवाला कायम गरिएको छ । उक्त सेवाबाट विभिन्न टोलका ६० जना भन्दा बढी लाभग्राहीले सेवा पाएका छन् । 

    3a.jpg

    अशक्त अवस्थाका नागरिकहरुको सेवामा हामी प्रतिवद्ध छौं, गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले भने –यस्ता अभियानहरु आवश्यक परेको अवस्थामा निरन्तर गरिनेछ ।

    साकेलामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको सङ्ख्या चालु आर्थिक वर्षको दोश्रो त्रैमासिक सम्म १३ सय ३ जना छन् । गाउँपालिकाले सम्पूर्ण लाभग्राहीहरुको सुविधाका लागि प्रत्येक वडा वडामा सामाजिक सुरक्षा भत्ता भुक्तानी शिविर समेत सञ्चालन गर्दै आएको छ ।

    4a.jpg

    प्रकाशित मिति :पौष २७, २०७९ बुधवार - २१:५०:०२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको