• ट्रेण्डिङ:

‘ख्याल ठट्टा’  म्युजिक भिडियो  सार्वजनिक

‘ख्याल ठट्टा’  म्युजिक भिडियो  सार्वजनिक

रोदिक खबर

३०, पौष २०७९
  • 2.1K
    SHARES
  • ‘ख्याल ठट्टा’  म्युजिक भिडियो  सार्वजनिक
    काठमाडौं : गीतकार सुधा मरहट्टाको  शब्दमा  रहेको  संदेश मुलक गीत ‘ख्याल ठट्टा’को  म्युजिक भिडियो  सार्वजनिक भएको छ । यस गीतमा स्वर लोकप्रिय गायक राजेश पायल राईको छ भने २ दशक देखि नेपाली संगीतमा सक्रिय संगीतकार  शंकर थापा 'स्माइल'को  संगीत रहेको छ। गीतलाई उदय राज पौडेलले संगीत संयोजन  गरेका छन् ।

    म्युजिक भिडियोमा  हाँस्य कलाकार किरण केसी, मोडल कमल सिंह, अश्मिता जुरेली र रोहन श्रेष्ठको अभिनय रहेको छ।  दिपक गिरीले छायांकन गरेको भिडियोलाई  विकास दाहालले  सम्पादन गरेका हुन्।  प्रख्यात घिमिरेको भिडियोमा कोरियोग्राफी रहेको छ ।

    अनुराग रईगाई र सुधा मरहट्टाकोको लगानी रहेको यस भिडियोलाई सशान कंडेलको निर्देशनमा तयार पारिएको हो।  भिडियो 'सनराईज म्युजिक' नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। यसअघि गीतकार मरहट्टाको शब्दमा रहेको 'तिम्रो मायाले', 'फूल फूल्यो' लगायत म्युजिक भिडियो सार्वजनिक भैसेका छन्।

    भिडियो लिंक: https://youtu.be/dKtngpDiO2A 

    प्रकाशित मिति :पौष ३०, २०७९ शनिवार - २१:२६:३६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको