शुक्रवार, भाद्र २६ गते २०८३

पोखरा विमान दुर्घटना : दुर्घटनाग्रस्त जहाजमा सवार ७२ मध्ये ११ विदेशी, ३ बालबालिका

पोखरा विमान दुर्घटना : दुर्घटनाग्रस्त जहाजमा सवार ७२ मध्ये ११ विदेशी, ३ बालबालिका

रोदिक खबर

१, माघ २०७९
  • 3.4K
    SHARES
  • पोखरा विमान दुर्घटना : दुर्घटनाग्रस्त जहाजमा सवार ७२ मध्ये ११ विदेशी, ३ बालबालिका

    पोखरा । पोखराको सीताराम पुल नजिकै सेती खोंचमा दुर्घटना भएको विमानमा ७२ जना सवार रहेको खुलेको छ । ६८ जना यात्रु तथा चालक दलका सदस्यको सूची अनुसार तीमध्ये ११ जना विदेशी नागरिक छन् भने ३ जना बालबालिका छन् ।

    काठमाडौंबाट ६८ जना यात्रु र चार जना चालक दलका सदस्य लिएर पोखराका लागि यो जहाज उडेको थियो । जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार  दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको छ । थप उद्धार कार्य जारी छ ।

    प्रकाशित मिति :माघ १, २०७९ आइतवार - १३:०६:१५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको