शुक्रवार, भाद्र २६ गते २०८३

पोखरामा विमान दुर्घटना : दुर्घटनास्थलबाट ४० जनाको शव निकालियो

पोखरामा विमान दुर्घटना : दुर्घटनास्थलबाट ४० जनाको शव निकालियो

रोदिक खबर

१, माघ २०७९
  • 2.3K
    SHARES
  • पोखरामा विमान दुर्घटना :  दुर्घटनास्थलबाट ४०  जनाको शव निकालियो

    पोखरा । पोखरामा भएको विमान दुर्घटनामा ४० जनाको शव निकालिएको छ । काठमाडौँबाट बिहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर ७२ विमान दुर्घटना भएको हो । उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार अहिलेसम्म दुर्घटना स्थलबाट ४० जनाको शव निकालिएको हो ।

    यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए । पुरानो विमानस्थलको पछाडिपट्टि रहको सेती नदी दोभानमा जहाज खसेको थियो ।

    प्रकाशित मिति :माघ १, २०७९ आइतवार - १३:१३:०३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको