• ट्रेण्डिङ:

कोशी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

कोशी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

रोदिक खबर

२२, भाद्र २०७७
  • 1.6K
    SHARES
  • कोशी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । गत भदौ ११ गते कोरोना संक्रमण पुष्टि भएर होम आईसोलेसनमा बसेका एक वृद्धको मृत्यु भएको छ । कोशी अस्पताल ‘कोभिड–१९’ उपचार केन्द्र विराटनगरमा उपचाररत विराटनगर महानगरपालिका– १० का ७६ वर्षीय वृद्धको कोरोना भाईरस ‘कोभिड–१९’ संक्रमणबाट आज बिहान ३ बजे मृत्यु भएको हो ।

    उनमा उच्च रक्तचापको समस्या थियो । श्वासप्रश्वासमा कठिनाई भएपछि ति अस्पताल लगि भेण्टिलेटरमा राखि उपचार भईरहेको थियो ।

    उनको स्वास्थ्य अवस्था गम्भिर हुँदापनि बेड पाउन मुस्किल परेपछि उनलाई ‘होम आईसोलेसनमा’ नै राखिएको परिवारले जनाएको छ । पछिल्लो समय देशभर संक्रमितको संख्या बढेसँगै अस्पतालहरुमा बेड अभाव भएको छ ।

    यस्तै कोरोनाको कारण सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ५ निवासी ६२ वर्षीय एकजना पुरुषको गएराति मृत्यु भएको छ । पछिल्लो समय नेपालमा कोरोनाको कारण हुने मृत्युदर पनि बढीरहेको छ ।

    प्रकाशित मिति :भाद्र २२, २०७७ सोमवार - १२:२६:३० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको