"चाहिदैन भो पैसाको थुप्रो नी" बोलको म्युजिक भिडियो सार्वजनिक

 "चाहिदैन भो पैसाको थुप्रो नी" बोलको म्युजिक भिडियो सार्वजनिक

रोदिक खबर

४, माघ २०७९
  • 2.4K
    SHARES
  •  "चाहिदैन भो पैसाको थुप्रो नी" बोलको म्युजिक भिडियो सार्वजनिक
    खोटाङ । गायक सुदन गैरेको सुमधुर स्वरमा सजिएको  "चाहिदैन भो पैसाको थुप्रो नी" बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली समाजको यथार्थलाई समेटेर तयार पारिएको यस गीतमा  पैसा कमाउनकै लागि विदेशिनु पर्दैन , विदेशजाने खर्चले नेपालमै केहि  गर्न सकिन्छ भन्ने भन्ने भाव व्यक्त गरिएको छ।  

    गीतमा शब्द गणेश शाहीको रहेको छ भने संगीत स्वयम गायक गैरेको रहेको छ।  गीतलाई पुष्कर सुनुवारले संगीत संयोजन गरेका हुन्।  भिडियोमा दुई युवा दम्पतिको जीवन संघर्षलाई प्रस्तुत गरिएको छ।  भिडियोमा बिना राउत र सरोज प्रजा फिचर्ड छन्।  फराज अर्पणले छायाँकन र सम्पादन गरेको यस भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो।  भिडियो 'राइट ट्युन इन्टरटेन्मेण्ट' नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।  
     
    भिडियो लिंक: https://youtu.be/x2sQ9EQJpmA

    प्रकाशित मिति :माघ ४, २०७९ बुधवार - १६:३९:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको