खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी १७ वर्षीया किशोरी रञ्जिता दाहालको मृत्यु प्रकरणमा एकजना पक्राउ परेका छन् । किशोरी मृत अवस्थामा फेला परेपछि अनुसन्धानबाट रावाबेशी गाउँपालिका–५ दुवेकोलका २५ वर्षीय अनन्त बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक मञ्जिल मुकारुङले जानकारी दिए ।
बिकलाई बुधबार महादेवस्थान काभ्रेस्थित घरैबाट नियन्त्रणमा लिई ज्यान सम्बन्धी कसूर अन्तर्गत शुक्रबार जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
महेन्द्रोद्धय माबि हलेसीमा कक्षा १० मा अध्ययनरत किशोरी गत आइतबार दिउँसो विद्यालयबाट घर फर्कनेक्रममा सम्पर्क विहिन बनेकी थिईन् । किशोरीको शव सोमबार बिहान घरभन्दा करिब दुई सयमिटर टाढा खन्युको फेदमा पासो चुँडिएर खसेको जस्तो अवस्थामा फेला परेको थियो