• ट्रेण्डिङ:

उपप्रमुखले पत्रकारको मानमर्दन गरेको भन्दै नेपाल पत्रकार महासंघको ध्यानाकर्षण 

उपप्रमुखले पत्रकारको मानमर्दन गरेको भन्दै नेपाल पत्रकार महासंघको ध्यानाकर्षण 

रोदिक खबर

६, माघ २०७९
  • 3.7K
    SHARES
  • उपप्रमुखले पत्रकारको मानमर्दन गरेको भन्दै नेपाल पत्रकार  महासंघको  ध्यानाकर्षण 

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख बिसन राईले पत्रकारको मानमर्दन हुनेगरी अभिव्यक्ति दिएको भन्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।

    जायजुम अनलाइनका पत्रकार दिवस रिजालले उपप्रमुख राईको आठ महिनाको सेवा सुविधा सम्वन्धी लेखेको समाचारका विषयमा उपप्रमुख राईले पत्रकारको मानमर्दन हुनेगरी अभिव्यक्ति दिएको भन्दै नेपाल पत्रकार महासंघ शाखा खोटाङले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

    समाचार प्रकाशित भएपछि सामाजिक सञ्जालमार्फत गालीगलौजमा उत्रिएका उपप्रमुख राईले माघ ५ गते आफ्नो कार्यकक्षमा पत्रकारलाई बोलाएर मानमर्दन हुने गरी अभिव्यक्ती दिएको महासंघले जनाएको छ । 

    प्रकाशित समाचारमा चित्त नबुझे खण्डन गर्ने र सम्बन्धित सञ्चारमाध्यमले खण्डन प्रकाशित नगरे कानूनी उपचारमा जाने प्रावधान हुँदाहुँदै उपप्रमुख जस्तो गरिमामय पदमा आशीन व्यक्तिबाट ‘गुहु खुवाएर सत्कार गर्छु, पत्रुकार, केटो, प्याउसो, फुच्चे’ जस्ता शब्दहरु प्रयोग गरेर पत्रकारलाई गालीगलौज गरेको भन्दै महासंघका अध्यक्ष दिलीप खत्रीले शुक्रबार प्रेस विज्ञप्तिमार्फत खेद प्रकट गरेका छन् ।

    माघ ५ गतेको छलफलकैक्रममा उपप्रमुख राईले पत्रकार रिजाललाई ‘केटो, पत्रुकार’ जस्ता शव्द प्रयोग गरेको महासंघका अध्यक्ष खत्रीले बताए । ‘यसभन्दा अगाडि पनि उपप्रमुख राईले पत्रकारहरुलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत अभद्र शब्दहरु सम्प्रेषण गर्नु भएको थियो । पत्रकार सम्मेलनमा उपप्रमुख राईले बोल्नु भएको लवजको रेर्कड र उहाँले सामाजिक सञ्जालमा पटक–पटक उल्लेख गर्नुभएका क्रियाप्रतिक्रियाहरु पत्रकार महासंघसँग सुरक्षित छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय नेतृत्व र सञ्चार क्षेत्रवीच साविक रुपमा सौहार्दता कायम गर्न महासंघ आग्रह गर्दछ ।’ 

    महासंघले पत्रकार रिजाललाई पनि समाचारको सत्यतथ्यको विषयमा तीन दिनभित्र स्पष्टीकरण पेश गर्न र महिना दिन निगरानीमा राख्ने निर्णय गरिएको जनाएको छ । 

    b.jpg

    प्रकाशित मिति :माघ ६, २०७९ शुक्रवार - २२:५४:३१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको