• ट्रेण्डिङ:

हप्ता दिनदेखि जन्तेढुंगाका विभिन्न स्थानमा एनटिसी फोनमा समस्या

हप्ता दिनदेखि जन्तेढुंगाका विभिन्न स्थानमा एनटिसी फोनमा समस्या

रोदिक खबर

२३, माघ २०७९
  • 1.7K
    SHARES
  • हप्ता दिनदेखि जन्तेढुंगाका विभिन्न स्थानमा  एनटिसी फोनमा समस्या

    खोटाङको जन्तेढुंगा गाउँपालिकाका विभिन्न स्थानमा फोन नचल्ने समस्या देखिएको छ । हप्ता दिन अघिदेखि गाउँपालिकाको केन्द्र चिसापानी बजार लगायत अधिकांश वडामा एनटिसी फोन सम्पर्क नहुने, सम्पर्क भए पनि कुराकानी नबुझिने लगायतका समस्या देखिएको हो ।
    छिमेकी पालिका खोटेहाङ गाउँपालिकाको खोटाङबजारमा रहेको टावरले भेट्ने बाहेकका ठाउँमा फोन नचलेको स्थानीयले बताएका छन् । एनटिसीको टावर राखिएको जन्तेढुंगा गाउँपालिका ३ काहुलेको होङमापोखरीस्थित गढीडाँडामा केही हप्ताअघि एनसेनको टावर जडान गरेपछि एनटिसी फोनमा समस्या सुरु भएको कांग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र बिष्टले बताए ।                                       
    एनटिसी फोनमा आएको समस्याका कारण इमरजेन्सी सूचना प्रवाहमा कठिनाई हुँदा सेवाग्राही मारमा परेका छन् । जन्तेढुंगा गाउँपालिकामा पटक पटक फोनमा समस्या दोहोरिने गरेको छ । तर नेपाल टेलीकमले यसको दिर्घकालिन हल गर्न ध्यान नदिएको सभापति बिष्टको भनाइछ ।

    प्रकाशित मिति :माघ २३, २०७९ सोमवार - २२:०६:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको