• ट्रेण्डिङ:

दुर्घटना न्यूनीकरण गर्न दिक्तेलबजारका ११ स्थानमा स्पिड ब्रेकर राखिने

दुर्घटना न्यूनीकरण गर्न दिक्तेलबजारका ११ स्थानमा स्पिड ब्रेकर राखिने

रोदिक खबर

२४, माघ २०७९
  • 3.4K
    SHARES
  • दुर्घटना न्यूनीकरण गर्न दिक्तेलबजारका ११ स्थानमा स्पिड ब्रेकर राखिने

    सवारी साधनको तीव्र गति कम गराउन दिक्तेलबजारका विभिन्न ११ स्थानमा स्पिड ब्रेकर राखिने भएको छ । नगर विपद व्यवस्थापन समितिको मंगलवार बसेको बैठकले सवारी साधनको तीव्र गति नियन्त्रण गरी दुर्घटना न्युनिकरण गर्नका लागि दिक्तेलबजारका ११ स्थानमा  स्पीड ब्रेकरहरु राख्ने निर्णय भएको हो  ।

    बजार क्षेत्रको साँघुरो सडकमा तीव्र गतिमा सवारी साधनहरु चलाउँदा सडक दुर्घटना हुने क्रम बढेपछि एक सय मिटरदेखि एकसय २० मिटरको फरकमा स्पिड ब्रेकर राखिने नगरप्रमुख तीर्थराज भट्टराईले बताए । नगरप्रमुख भट्टराईका अनुसार स्पिड ब्रेकर तथा ट्राफिक  संकेत निर्माणका लागि नगरपालिकाले नगरपालिकाको विपद व्यवस्थापन कोषबाट रकमको व्यवस्था गरिनेछ । 

    यस्तै, बाढिपहिरो तथा आगलागीजन्य लगायतका विपदबाट पीडितहरुलाई क्षतिपूर्ति तथा राहत वितरणका लागि मापदण्ड निर्धारण गर्न कार्यविधि संशोधनको लागि नेपाल पत्रकार महासंघ शाखा खोटाङ, नेपाल रेडक्रस सोसाइटी र खोटाङ उद्योग वाणिज्य संघ सदस्य रहने गरी तीन सदस्यीय समिति गठन गरेको छ । सो समितिले एक हप्ताभित्र नगरपालिकाको विधान समितिमा प्रतिवेदन पेश गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

    प्रकाशित मिति :माघ २४, २०७९ मंगलवार - १८:१३:५७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको