• ट्रेण्डिङ:

नागरिकको समस्या समाधान गरेरमात्र आयोजनाको कार्य अघि बढ्छ : अध्यक्ष राई 

नागरिकको समस्या समाधान गरेरमात्र आयोजनाको कार्य अघि बढ्छ : अध्यक्ष राई 

रोदिक खबर

२५, माघ २०७९
  • 3.0K
    SHARES
  • नागरिकको समस्या समाधान गरेरमात्र आयोजनाको कार्य अघि बढ्छ : अध्यक्ष राई 

    साकेला । अरुण तेश्रो ४०० मेगावट जलविद्युत आयोजनाले पारेको समस्याको समाधान गर्नका लागि बसेको वैठक सहमती जुट्न नसकेपछि पुन फागुन दोश्रो हप्ता बस्नेगरी टुङ्गिएको छ । आयोजनाबाट प्रभावित जग्गाधनी, सार्वजनिकस्थल, व्यवसायिक फर्म तथा योजना, विद्यालय, खेल मैदानलाई पारेको समस्या समाधान गर्न मंगलबार साकेला गाउँपालिकाको कार्यालयमा बसेको त्रिपक्षीय वैठकले निष्कर्ष निकाल्न नसकेपछि पुन जिल्ला प्रशासन कार्यालयमा अर्को वैठक बस्नेगरी वैठक टुङ्गिएको हो ।

    वैठकमा अरुण तेश्रो जलविद्युत आयोजनाको तर्फबाट हालसम्म भएका गतिविधिबारे प्रतिवेदन प्रस्तुत भएपश्चात साकेला गाउँपालिकाको तर्फबाट अध्यक्ष रविप्रकाश राईले गाउँपालिकाको प्रभावित वडाका नागरिकको समस्याबारे आफ्नो धारणा राखेका थिए ।

    उक्त वैठकमा एक विरुवा मासिँदा वन ऐन अनुसार वन कार्यालयले देखाएको जग्गामा कम्तीमा १० वटा नयाँ विरुवा आयोजनाले रोप्नुपर्ने, आयोजना निर्माणको क्रममा स्थानीय प्राकृतिक र मानवीय श्रोतलाई गुणस्तर कायम गरी प्रयोग गरिने, प्रभावित वडाहरुमा आयोजना सम्बन्धि सीप विकासका तालिमहरु आयोजनाले सञ्चालन गर्ने निर्णय गरिएको छ ।

    त्यस्तै, विद्यालय तथा व्यवसायिक फर्म, तारमुनी पर्ने घर तथा घडेरी, विद्यालय, खेलमैदान, योजना तथा आयोजना, कृषि क्षेत्रहरुको हकमा स्थलगत अध्ययन गरी क्षतिपूर्ति समितिले गरेको निर्णयानुसार क्षतिपूर्ति निर्धारण गरिने निर्णय भएको छ । निर्णय हुन नसकेको विषयमा भने पुन अर्को वैठक बसि निकास दिने सहमती भएको हो ।

    हामी विकासको विरोधी होईनौ, तर नागरिकहरुलाई अन्यायमा पारेर गरिने विकासप्रति हामी सकारात्मक छैनौं, अध्यक्ष राईले भने, न्यायोचित रुपमा सबै समस्या समाधान भएपश्चात आयोजनाको कार्य अगाडी बढाउनु । नागरिकहरुको तर्फबाट राखेका कतिपय समस्या समाधान गर्न आयोजनाको तर्फबाट नसक्ने देखिएपछि सम्पूर्ण समस्याको समाधान गर्नेगरी आगामी वैठकको तय गरिएको अध्यक्ष राईको भनाई छ । अब बस्ने वैठक लगानी वोर्ड, अरुण तेश्रो आयोजना, जिल्ला प्रशासन र साकेला गाउँपालिकाबीच हुने बताईएको छ ।

    उक्त वैठकका लागि एक हप्ताभित्र प्रभावित क्षेत्रका नागरिकबीच छलफलमा बस्ने र छलफलबाट उठेका समस्या समेत संकलन गरि लगिने साथै आयोजनाको तर्फबाट समस्या समाधान गर्ने गरि त्रिपक्षीय सहमती भएको छ ।

    त्रिपक्षीय वैठकमा नेपाल सरकारको तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाह, अरुण तेश्रो आयोजनाको तर्फबाट चिफ इन्जिनियर प्रशान्त शर्मा, डिजिएम आर.सि. सुलेरिया र गाउँपालिकाको तर्फबाट अध्यक्ष राई सहित पाँच वटै वडाका वडाध्यक्षहरुको सहभागिता रहेको थियो ।

    अरुण तेश्रो आयोजनाबाट साकेला गाउँपालिकाको वडा नं. १, २, ४ र ५ वडा प्रभावित हुने भएका छन् । साकेलामा उक्त आयोजनाको ३९ वटा टिएल टावर रहने बताईएको छ ।

    प्रकाशित मिति :माघ २५, २०७९ बुधवार - २०:४८:५१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको