• ट्रेण्डिङ:

रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेका ६ जनामा कोरोना संक्रमण पुष्टि

रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेका ६ जनामा कोरोना संक्रमण पुष्टि

रोदिक खबर

२२, भाद्र २०७७
  • 2.3K
    SHARES
  • रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेका ६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ ।  रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीसँग झडप हुँदा गएको बिहीबार पक्राउ परेका मध्ये ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    प्रशासनको निर्देशन विपरित गएको बिहीबार रथ तान्ने क्रममा भएको तनावले झडपको रुप लिँदा प्रहरीले २० जनालाई पक्राउ गरेको थियो।

    उनीहरुको स्वाब संकलन गरी पीसीआर परीक्षण भएकोमा ११ जनाको रिपोर्ट आउँदा ६ जनामा संक्रमण पुष्टि भएको हो । अरु ९ जनाको भने रिपोर्ट आउन बाँकी छ । संक्रमण देखिएका र अरुलाई पनि अहिले आइसोलेशनमा राखिएको छ ।

    बिहीबार रथ तान्ने क्रममा विवाद हुँदा ठूलो संख्यामा मानिसहरु उपस्थित भएका थिए । त्यहाँ सहभागी भएका ६ जनामा संक्रमण पुष्टि भएपछि अरुमा पनि संक्रमण फैलिएको हुन सक्ने आशंका छ ।

    प्रकाशित मिति :भाद्र २२, २०७७ सोमवार - १६:३१:१३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको