• ट्रेण्डिङ:

निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरमा ११ सय बढीले सेवा लिए

निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरमा ११ सय बढीले सेवा लिए

रोदिक खबर

४, फाल्गुण २०७९
  • 3.8K
    SHARES
  • निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरमा ११ सय बढीले सेवा लिए

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सञ्चालन गरेको निशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरमा ११ सय बढीले सेवा लिएका छन् । जिल्ला आयुर्वेद अस्पतालमा मंगलबारदेखि बिहिबारसम्म तीन दिनसम्म सञ्चालन भएको शिविरमा सह–प्राध्यापक डाक्टर रन्जु खरेल (सिटौला)को नेतृत्वमा आएको १३ जनाको टोलीले एक हजार एक सय ३७ जनाले आँखा परीक्षण तथा ६४ जनाको शल्यक्रिया गरिएको नगरपालिकाले जनाएको छ । 

    १ सय ३ वर्षका बृद्धदेखि दुवै गोडा नभएका अपांगता भएका व्यक्तिसम्मको शिविरमा शल्यक्रिया गरिएको नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ अस्पताल चौकका १ सय ३ वर्षीय खड्ग बहादुर राउतको आँखाको मोतिविन्दुको शल्याक्रिया सफल भएको छ । जन्मजातै अपांगता भएका (दुवै गोडा) नभएका रावाबेसी गाउँपालिका–६ हौंचुरका ६० वर्षिय पूर्ण गुरुङको पनि आँखाको मोतिविन्दुको शल्याक्रिया गरिएको छ ।

    शिविरमा ९ जनाको टेरिजिएम शल्यक्रिया, ३ जनाको इन्ट्रोपिएन शल्यक्रिया तथा हेल्पिङ हेण्ड अस्पताल काठमाण्डौको सहयोगमा नेपाल नेत्र ज्याति संघ खोटाङमार्फत ४ सय जनालाई निशुल्क चश्मा वितरण गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका जनस्वास्थ्य निरिक्षक खेमराज आचार्यले बताए ।

    शिविर नेपाल नेत्र ज्योति संघ खोटाङको समन्वय, वी.पी. कोइराला लाइन्स आँखा अध्ययन केन्द्र (टिचिङ अस्पताल) को प्राविधिक सहयोग तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मूख्य आयोजनामा भएको जनस्वास्थ्य निरिक्षक आचार्यले बताए 

    प्रकाशित मिति :फाल्गुण ४, २०७९ बिहिवार - २१:२३:५२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको