• ट्रेण्डिङ:

स्थानीय तहका उम्मेदवारले पाए जरिबाना माफी मिनाहा

स्थानीय तहका उम्मेदवारले पाए जरिबाना माफी मिनाहा

रोदिक खबर

६, फाल्गुण २०७९
  • 1.8K
    SHARES
  • स्थानीय तहका उम्मेदवारले पाए जरिबाना माफी मिनाहा

    खोटाङ। स्थानीय तहका उम्मेदवारहरुको जरिबाना माफी मिनाहा भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको धारा २७६ बमोजिम माफी मिनाहाको निर्णय गरेकी हुन् ।

    मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले खर्च विवरण नबुझाउने उम्मेदवारहरुलाई निर्वाचन आयोगले तोकेको जरिबाना मिनाहा गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।
    ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६५० जनालाई २४ अर्ब ६३ करोड ८८ लाख रुपैयाँ जरिबाना गर्ने निर्णय गरेको थियो ।

    प्रकाशित मिति :फाल्गुण ६, २०७९ शनिवार - ०८:२५:०६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको