शुक्रवार, भाद्र २६ गते २०८३

पोखरामा करिब ४५ जना सवार बस दुर्घटना

पोखरामा करिब ४५ जना सवार बस दुर्घटना

रोदिक खबर

७, फाल्गुण २०७९
  • 2.1K
    SHARES
  • पोखरामा  करिब ४५ जना सवार बस दुर्घटना

    पोखराको बेगनास-पोखरा सडकखण्डमा बस दुर्घटना भएको छ । करिब ४५ जना सवार रहेको ग २ ख ६७४७ नम्बरको बस डाँडाको नाक प्रहरी चौकीनजिकै शिशुवा नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । दुर्घटनाका घाइतेलाई उद्धार गर्ने क्रम चलिरहेको  कास्की प्रहरीले जनाएको छ ।

    कास्की प्रहरीका निरीक्षक ज्ञान खड्काका अनुसार अहिले घाइतेको अवस्था एकीन भइसकेको छैन । खड्काका अनुसार घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

    प्रकाशित मिति :फाल्गुण ७, २०७९ आइतवार - १५:५७:०६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको