• ट्रेण्डिङ:

नगर स्तरीय अन्तर मावि हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

नगर स्तरीय अन्तर मावि हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

रोदिक खबर

९, फाल्गुण २०७९
  • 5.3K
    SHARES
  • नगर स्तरीय अन्तर मावि हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

    खोटाङको दिक्तेलमा नगरस्तरीय अन्तर मावि हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । सरस्वती मावि दिक्तेलले आफ्नो ७० औं  बार्षिक उत्सव कार्यक्रमको अवशरमा मंगलवार आयोजना गरेको नगरस्तरीय अन्तर मावि हाजिरीजवाफ प्रतियोगितामा पञ्चकन्या मावि माला बिजयर्खक प्रथम भएको छ । 

    यस्तै, माउन्ट एभरेष्ट बोडिङ स्कुल दिक्तेल दोस्रो, सरस्वती मावि पाथेका तेस्रो  र आयोजक सरस्वती मावि दिक्तेल सान्तावना भएको विद्यालयका प्रधानाध्यापक केशरकुमार राईले जानकारी दिए । प्रतियोगितामा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाभित्रका १५ विद्यालयले सहभागिता जनाएका थिए ।

    sa.jpg

    प्रतियोगितामा प्रथम, द्वितिय, तृतीय र सान्त्वना हुने विद्यालयहरुले क्रमशः १५ हजार, १० हजार र पाँच÷पाँच हजार नगद पुरस्कारसहित प्रमाणपत्र पाउनेछन् । उनीहरुलाई बुधवार विद्यालयको साताव्यापी कार्यक्रमको समापन कार्यक्रममा पुरस्कार प्रदान गरिने प्रअ राईको भनाइछ । 

    फागुन २ गते  प्रतिनिधि सभा सदस्य रामकुमार राई ‘पासाङ’ ले उद्घाटन गरेको विद्यालयको साता व्यापी कार्यक्रमका अवसरमा अभिभावक तथा शिक्षकहरुका लागि मनोरञ्जनात्मक खेलहरु, बालनृत्य प्रतियोगिता, अन्तर सदनात्मक कवडी छात्र÷छात्रा प्रतियोगिता, अन्तर सदनात्मक फुटबल प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता,  अन्तर सदनात्मक नृत्य प्रतियोगिता, दिक्तेल रुपाकोट मझुवागढी नगरस्तरीय अन्तरमावि सरस्वती हाजिरजवाफ प्रतियोगिता लगायतका कार्यक्रमहरु सञ्चालन गरिएको विद्यालयले जनाएको छ । 

    प्रकाशित मिति :फाल्गुण ९, २०७९ मंगलवार - १९:५५:४२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको