• ट्रेण्डिङ:

सरस्वती माध्यमिक विद्यालयको ७० औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न

सरस्वती माध्यमिक विद्यालयको ७० औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न

रोदिक खबर

१०, फाल्गुण २०७९
  • 6.0K
    SHARES
  • सरस्वती माध्यमिक विद्यालयको ७० औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न

    सरस्वती माध्यमिक विद्यालय दिक्तेलको ७० औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ ।  विद्यालयलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने सहयोगीदाता, अभिभावक, शिक्षकलाई सम्मान तथा पुरस्कृत, उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कृत साथै विद्यालयका विभिन्न अक्तिरिक्त क्रियाकलाप र खेलकुदमा प्रथम, द्धितिय, तृतिय र सान्तवना स्थान हुने विद्यार्थीलाई पुरस्कार वितरण गर्दै वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको हो ।

    विद्यालय स्थापनाका लागि दिक्तेलबजारमा निःशुल्क जग्गा उपलव्ध गराउने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का स्व. प्रतिमान आचार्यको परिवारलाई सम्मान गरेको छ । विद्यालयले स्वर्गीय आचार्यका बुहारीहरु खड्गकुमारी आचार्य, चन्द्रमाया आचार्य र लक्ष्मीमाया आचार्यलाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरेको हो । 

    jaggadata.jpgयस्तै, विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा विद्यालयलाई नमुना विद्यालय स्थापित गर्न योगदान पु¥याउने विद्यालयका पूर्व प्रधानाध्यापक ध्यानबहादुर राई र ज्ञानबहादुर राईलाई सम्मान गरेको छ । उनीहरुलाई दोसल्ला ओढाएर सम्मान–पत्रले सम्मान गरेको हो । 

    para.jpg
    यस्तै, सोही अवशरमा उत्कृष्ट कार्य सम्पादन गर्ने १० जना शिक्षक तथा कर्मचारीलाई पनि पुरस्कृत गरिएको  छ । उत्कृष्ट कार्य सम्पादन गर्ने शिक्षक रोहित दुलाल र रामबिवक्रम थापा, वर्षभरिमा सबैभन्दा बढि नियमित विद्यालय आउने शिक्षकहरुमा धनिराम राई र काजीप्रसाद खतिवडा, उत्कृष्ट कार्य गर्ने शिक्षकहरुमा सन्सरमान राई, फुलसरी राई, सुवाशचन्द्र राई, मुना चम्लागाई, कोमलराज पोखरेल र उत्कृष्ट कर्मचारीमा टिकाबहादुर बस्नेतलाई जनही पाँच हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक केशरकुमार राईले जानकारी दिए ।

    teachaer.jpg
    यस्तै,  विद्यालयले कार्यक्रममा सहयोग गर्ने चार दातालाई पनि दोसल्ला ओढाएर सम्मान गरेको छ । सोलर प्यानलन सहयोग गर्ने बलराम ढकाल, पाठ्यपुस्तक सहयोग गर्ने रुद्र श्रेष्ठ, आर्थिक सहयोग गर्ने जोसेफ रिजाल र काठ सहयोग गर्ने दिनप्रसाद आचार्यलाई सम्मान गरेको छ भने फूटबल खेलमा विद्यालयलाई सहयोग गर्ने रोशेष श्रेष्ठ, रोशेष सैजु, शैलेन्द्र बजिमय र अशोक केसीलाई अभिनन्दित गरिएको छ । 
    वार्षिक उत्सवका अवसरमा पाँच शिक्षकलाई प्रोत्साहान स्वरुप सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा नुरकाजी सैंजु, चन्द्रकुमार श्रेष्ठ, काजीप्रसाद खतिवडा, मञ्जु राई र दिनेश शाक्य रहेका छन् । उनीहरुलाई नगद पाँच हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ भने दुई शिक्षक भगत राई र जयन्ती राईलाई दोसल्ला ओढाएर सम्मानपत्रले अभिनन्दन गरिएको विद्यालयले जनाएको छ ।

    3 te.jpg
    विद्यालयले कक्षा १२ मा उत्कृष्ट अंक प्राप्त गर्ने तीन जना विद्यार्थीलाई पुरस्कृत गरेको छ । मानविकी संङ्कायतर्फ उत्कृष्ट अंक ल्याउने छात्र नवराज खडका, व्यवस्थापन संङ्कायतर्फ उत्कृष्ट अंक ल्याउने छात्र लोकेन्द्र बहादुर कार्की र शिक्षा संङ्कायतर्फ उत्कृष्ट अंक ल्याउने छात्रा टिका गिरीलाई नगद पाँच हजार सहित प्रमाणपत्र प्रदान गरिएको छ । 

    यस्तै, विद्यालयले साप्ताह व्यापी आयोजना गरेको विभिन्न प्रतियोगिताका विजयी प्रतियोगिहरुलाई पुरस्कार प्रदान गरेको छ । नगरस्तरीय अन्तर मावि हाजिरीजवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने पञ्चकन्या मावि माला बिजयखर्क, दोस्रो स्थान हासिल गर्ने माउन्ट एभरेष्ट बोडिङ स्कुल दिक्तेल, तेस्रो स्थान हासिल गर्ने सरस्वती मावि पाथेका  र सान्तावना स्थान हासिल गर्ने सरस्वती मावि दिक्तेललाई पुरस्कार प्रदान गरेको हो ।

    hajiri.jpgप्रतियोगितामा प्रथम, द्वितिय, तृतीय र सान्त्वना हुने विद्यालयहरुलाई क्रमशः १५ हजार, १० हजार र पाँच/पाँच हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको प्रअ राईको भनाइछ । सम्मानित तथा पुरस्कृत हुने व्यक्तिहरुलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तथा समापन कार्यक्रमका प्रमुख अतिथि तीर्थराज भट्टराईले पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका थिए ।

    विद्यालयले आयोजना गरेको अन्तरसदनात्मक विभिन्न अक्तिरिक्त क्रियाकलाप र खेलकुदमा प्रतियोगितामा स्वावलम्वी सदन प्रथम, स्वाभिमानी सदन द्वितीय, सद्भाव सदन तृतीय, सहयोगी सदन चौथो र सचेत सदनले पाँचौ स्थान प्राप्त गरेको विद्यालयले जनाएको छ । 

    samapan.jpgदिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख भट्टराईको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयप्रसाद आचार्यको अध्यक्षतामा भएको समापन कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका-५ का वडाध्क्ष दिनेश घिमिरे, प्रेस स्वतन्त्रता सेनानी तथा सम्पादक समाज नेपाल खोटाङका अध्यक्ष कृष्ण आचार्य, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, नगर शिक्षा शाखाका प्रतिनिधि, नगरस्तरीय पेशागत शिक्षक संघ÷संगठनका प्रमुख तथा प्रतिनिधि, अभिभावक लगायतको उपस्थिति रहेको विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुती समेत राखेका थिए ।

    nitya.jpg

    प्रकाशित मिति :फाल्गुण १०, २०७९ बुधवार - २१:४५:५३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको