काठमाडौं । पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २१८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।
उनीहरुमध्ये ३०० जनाको मृृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै ३० हजार ६७७ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १७३६ जना डिस्चार्ज भएका छन् ।