बिहिवार, कार्तिक १३ गते २०८३

सोमबार थप ९७९ जनामा कोरोना पुष्टि, नेपालमा मृतकको संख्या ३०० पुग्यो

सोमबार थप ९७९ जनामा कोरोना पुष्टि, नेपालमा मृतकको संख्या ३०० पुग्यो

रोदिक खबर

२२, भाद्र २०७७
  • 2.4K
    SHARES
  • सोमबार थप ९७९ जनामा कोरोना पुष्टि,  नेपालमा मृतकको संख्या ३०० पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २१८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।

    उनीहरुमध्ये ३०० जनाको मृृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै ३० हजार ६७७ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १७३६ जना डिस्चार्ज भएका छन् ।

    प्रकाशित मिति :भाद्र २२, २०७७ सोमवार - १६:५४:०१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको