खोटाङ । खोटाङ उद्योग वाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार–२०७९’बाट पत्रकार चिसाङ शेर्पा पुरस्कृत भएका छन् ।
शनिबार संघको २५ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशन र सचिवालय भवन उद्घाटनका क्रममा पत्रकार शेर्पा पुरस्कृत भएका हुन् ।
पत्रकार शेर्पालाई नगद ५ हजार र सम्मान पत्र प्रदान गरेर पुरस्कृत गरिएको खोटाङ उद्योग वाणिज्य संघका महासचिव मनोज कुमार वजिमयले जानकारी दिए । शेर्पाले खोटाङको व्यवसाय क्षेत्रलाई समेटेर समाचार सम्प्रेषण गरी चलाउनु भएको कलमको उच्च कदर गर्दै पुरस्कार प्रदान गरिएको खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपिन कुमार राईले बताए।
पत्रकार शेर्पालाई प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई र संघका अध्यक्ष राईले पुरस्कार प्रदान गरका थिए ।
शेर्पा जिल्लाबाट सञ्चालन भईरहेको समायोजन खबर डटकमका सञ्चालक तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङका सह–सचिव हुन् ।