• ट्रेण्डिङ:

दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा उत्कृष्ट कर्मचारीलाई सम्मान

दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा उत्कृष्ट कर्मचारीलाई सम्मान

रोदिक खबर

२२, भाद्र २०७७
  • 5.4K
    SHARES
  • दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा उत्कृष्ट कर्मचारीलाई सम्मान

    खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । स्वच्छ र समक्ष निजामती प्रशासनः समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ मनाइएको १७ औं निजामती सेवा दिवसको अवसर पारेर गाउँपालिकाले  स्वास्थ्य संयोजक मुस्ताक अहमद मन्सुरीलाई  १० हजार नगदका साथमा प्रशंसा–पत्रले सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

    उनलाई गाउँपालिका अध्यक्ष भुपेन्द्र राई, उपाध्यक्ष सपना राई, प्रमुख प्रशासकीय अधिकृत भिमप्रसाद दाहालले माला र अविर लगाइ दिएर नगद पुरस्कार साथमा प्रशंसा–पत्र प्रदान गरेका थिए ।

    गाउँपालिका स्थापनाकालदेखि स्वास्थ्य संयोजकको रूपमा कार्यरत मन्सुरीले गाउँपालिकामा आएका आरोह अवरोहरूको सामना गर्दै गाउँपालिकाको समृद्धि, विकास र अग्रगमनको लागि कार्यालयले प्रदान गर्ने सेवा प्रवाहमा अतुलनीय योगदान पुर्‍याएको तथा कोभिड–१९ को महामारी र बढ्दो संक्रमण नियन्त्रणका लागि सञ्चालन गरिएका कार्यक्रमहरूलाई सफल बनाउन सकृय रूपमा भूमिका निर्वाह गरेकाले कामको उच्च मूल्याङ्कन गर्दै उत्कृष्ट निजामती कर्मचारीको रुपमा सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

    गतवर्षको निजामती सेवा दिवसमा गाउँपालिकाले आइटी अफिसर मणिचन्द्र राईलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएकोे थियो ।

    खोटाङमा कुनैपनि बाहिरी कार्यक्रमहरु नगरी कार्यालयमै बसेर निजामती दिवसको शुभकामना आदानप्रदान गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।

    ‘स्वच्छ र समक्ष निजामती प्रशासनः समृद्धि र सुशासन’ को नारालाई कसरी साकार पार्न सकिन्छ आआफ्नो तहबाट भन्ने कुराको मनन् गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्ने, आफ्नो पदीय दायित्वबाट बिचलित नहुने, आफ्नो आचरण कायम राख्दै सेवा प्रवाह गर्नमा दत्तचित्त रहने भन्ने कुराको प्रतिवद्धता गरिएको प्रजिअ पौडेलले बताए ।

    प्रकाशित मिति :भाद्र २२, २०७७ सोमवार - २१:२०:१५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको