• ट्रेण्डिङ:

गुणस्तरहीन बनेको पाइएपछि अस्पतालको ढलान बिम पुन निर्माण गर्न निर्देशन

गुणस्तरहीन बनेको पाइएपछि अस्पतालको ढलान बिम पुन निर्माण गर्न निर्देशन

रोदिक खबर

१९, फाल्गुण २०७९
  • 2.8K
    SHARES
  • गुणस्तरहीन बनेको पाइएपछि अस्पतालको ढलान बिम पुन निर्माण गर्न निर्देशन

    साकेला । साकेला गाउँपालिकामा निर्माण भईरहेको ५ शैयाको आधारभूत अस्पतालको भवनको ढलान बिम भत्काएर पुन( निर्माण गर्न गर्न लगाईएको छ । गाउँपालिकाभित्र निर्माणाधिन भौतिक संरचनाहरु गुणस्तरीय नभए भत्काउने चेतावनी दिदै आएका गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले अनुगमन पश्चात भवन निर्माण कार्य गुणस्तरीय नभएको भन्दै तत्काल भत्काएर नयाँ ढलान बिम राख्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका हुन्।

    निर्देशन पश्चात हाल ढलान बिम पुन भत्काएर नयाँ निर्माण गर्न थालिएको छ । नेपाल सरकारको नीति अनुरुप प्रत्येक स्थानीय तहहरुमा एकरएक वटा आधारभूत अस्पतालहरु निर्माण भईरहेको छ । सोही नीति अनुरुप खोटाङको साकेला गाउँपालिकाको रतन्छामा निर्माण भईरहेको अस्पताल निर्माण गर्ने जिम्मा खानी निर्माण सेवाले लिएको थियो । 

    निर्माणाधिन उक्त अस्पतालमा गत माघ १९ देखि २१ गतेसम्म पहिलो ढलान गरिएको थियो । ढलानको क्रममा बिम बाङ्गो हुनुका साथै गुणस्तरहीन बनेको भेटिएपछि पुन(बिम फुटाएर नयाँ निर्माण गर्न लगाईएको हो ।  निर्माण कम्पनीले ६ करोड ७६ लाख ७६ हजार ४५५ भ्याट सहितको रकममा १८ महिनाभित्र निर्माणकार्य सम्पन्न गर्नेगरी २०७८ असार २१ गते सम्झौता गरेको थियो । भर्खरै २०८० असार मसान्तभित्र निर्माण सम्पन्न गर्नेगरी प्रथम पटक म्याद थप गरिएको छ । 

    गुणस्तरहीन ढलान निर्माण भएको पाईएपछि हाल उक्त कम्पनीले पाउने रनिङ बिल भुक्तानी समेत गाउँपालिकाले रोकेको छ । गाउँपालिकाको निर्देशन अनुसार भत्काउन लगाईएको ठाउँमा गुणस्तर अनुसारको निर्माण कार्य सम्पन्न गरेपछि मात्र अनुगमन पश्चात रकम भुक्तानी गरिने इन्जिनियर आनन्द पौडेलले बताए । 

    यस विषयमा गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले भने पालिकाभित्र निर्माण हुने भौतिक संरचनाहरु गुणस्तरीय नबने भत्काएर बनाउन लगाईन्छ । गुणस्तरहीन काम गर्नु भनेको राज्यको पैसा दुरुपयोग गर्नु हो, जनताले तिरेको करलाई हामी दुरुपयोग हुन दिनेछैनौ, उनले भने हरेक कामहरुमा हाम्रो निगरानी रहन्छ ।

    निर्माण भईरहेको अस्पताल भवन ढलान गर्ने क्रममा गुणस्तरीय ढलान नगरेको, बाङ्गो बिम बनाएको, प्राविधिक स्टिमेट अनुसार मात्रा नमिलाएको अनुगमनको क्रममा पाइएको थियो । साकेलामा निर्माण भईरहेको उक्त अस्पताल भवन साँढे २ तल्लाको बन्नेछ । 

    प्रकाशित मिति :फाल्गुण १९, २०७९ शुक्रवार - १९:५०:४४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको