कपिलवस्तु । कपिलवस्तुमा एक वरिष्ठ पत्रकारको निधन भएको छ। कपिलवस्तुमा रही तीन दशकदेखि पत्रकारिता गर्दै आएका वरिष्ठ पत्रकारको ६२ वर्षको उमेरमा सोमबार निधन भएको हो ।
६ महिनादेखि उनको दुवै मिर्गौलाले काम गर्न छाडेको थियो। उच्च रक्त चाप र मधुमेह समेतका रोगी भएका उनको मृत्युपछि सोमबार साँझ कोरोना रिपोर्ट पोजेटिभ आएको उनको परिवारले जनाएको छ।
उनका परिवारका एक सदस्यमा कोरोना देखिएपछि उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो।