• ट्रेण्डिङ:

नगरपालिकाले गर्‍यो विपन्न छ महिलालाई आर्थिक सहयोग

नगरपालिकाले गर्‍यो विपन्न छ महिलालाई आर्थिक सहयोग

रोदिक खबर

२४, फाल्गुण २०७९
  • 3.1K
    SHARES
  • नगरपालिकाले गर्‍यो विपन्न छ महिलालाई आर्थिक सहयोग

    खोटाङ ।खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विपन्न छ महिलालाई आर्थिक सहयोग गरेको छ । ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अबसरमा बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलकी मनिषा कटवाल (बस्नेत), दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेकी पवित्रा लम्साल सार्की, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पाचिउरीडाँडाका निर्मायाँ राई नगद सहयोग गरेको हो । 

    यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० की मनकुमारी विश्वकर्मा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ११ खार्मीकी अम्विका विश्वकर्मा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाका दुर्गा श्रेष्ठलाई नगद सहयोग गरिएको नगरपालिकाको महिला तथा वालवालिका शाखा प्रमुख इरन राईले बताईन्  । उनीहरुलाई जनही छ हजारका दरले सहयोग प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

    यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका उच्च पदमा पुग्न सफल तीन महिला निजामती कर्मचारी र २७ जना महिला प्रधानाध्यापकलाई सम्मान गरिएको छ । निजामतीतर्फ उपसचिब कोपीला राई, अधिकृत छैटौं रेखा राई र शर्मिला राईलाई सम्मान गरिएको हो । निजामती सेवातर्फ उच्च पदमा पुगेर सेवारत महिला अधिकृतलाई नगरपालिकाले दोसल्ला ओढाएर सम्मान पत्रसहित सम्मान गरेको हो ।

    महिला जनप्रतिनिधिविचमा वतृत्वकला अन्तर्राष्ट्रिय महिला दिवसको अबसरमा नगरपालिकाले महिला जनप्रतिनिधिविचमा वतृत्वकला प्रतियोगिता गरेको छ ।

    नगरको समृद्धिमा महिला जनप्रतिनिधिको भूमिका विषयक वतृत्वकला प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ की वडा सदस्य धनशोभा राई प्रथम, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङकी रेखा रम्तेल दोस्रो, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेकी सुवती राई तेस्रो र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १० पाथेकाकी कल्पना राई शान्त्वना भएकी छन् । प्रतियोगीतामा नगरका आठ महिला जनप्रतिनिधिको सहभागीता रहेको थियो ।

    कार्यक्रममा किशोरी सशक्तिकरण कार्यक्रम अन्तर्गत नगरपालिकाले सरस्वती मावि पाथेकालाई ७३ हजार उपलब्ध गराएको छ । किशोरी समुह निर्माण गरि किशोरी सशक्तीकरण सम्वन्धी सचेतनामुलक कार्यक्रम सञ्चालनका लागि आर्थिक सहयोग उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।

    यस्तै, सृजनसिल महिला कृषि समुह खाल्लेलाई ६ लाख २५ हजार उपलब्ध गराइएको छ । बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत कृषक समुहलाई रकम उपलब्ध गराएको हो । नगरपालिकामा महिला तथा वालवालिका शाखाको आयोजनामा अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको हो । औपचारिक कार्यक्रम अघि दिक्तेल बजारमा र्‍याली निकालिएको थियो । कार्यक्रम नेतृ दुर्गाजयन्ती राईको प्रमुख आतिथ्यता एबं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    प्रकाशित मिति :फाल्गुण २४, २०७९ बुधवार - २३:०४:४८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको