• ट्रेण्डिङ:

मिर्गौला परीक्षण शिबिरको पहिलो दिन ५ सय ४४ जनाको परीक्षण

मिर्गौला परीक्षण शिबिरको पहिलो दिन ५ सय ४४ जनाको परीक्षण

रोदिक खबर

२४, फाल्गुण २०७९
  • 2.1K
    SHARES
  • मिर्गौला परीक्षण शिबिरको पहिलो दिन ५ सय ४४ जनाको परीक्षण

    खोटाङ ।खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको निःशुल्क मिर्गौला परीक्षण शिबिरको पहिलो दिन पाँच सय बढी स्थानीयले सेवा लिएका छन् । दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयमा बिहिबारसम्म सञ्चालन हुने निःशुल्क मिर्गौला परीक्षण शिबिरको पहिलो दिन ५ सय ४४ जनाले मिर्गौला परीक्षण सेवा लिएको नगरका स्वास्थ्य संयोजक खेमराज आचार्यले बताए । 

    शिविरमा विशेषगरि नगर क्षेत्रभित्रका सेवाग्राहीको सहभागिता देखिएको छ, आचार्यले भने, दुई दिन सेवाग्राहीको जाँच हुन्छ । सेवाग्राहीको सुगर, प्रेसर, पिसाब जाँच गरिएको र त्यसको रिपोर्ट भोली (बिहिबार) एकसाथ आउने  स्वास्थ्य संयोजक आचार्यले बताए । 

    मिर्गौला परीक्षण शिविरका लागि वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि कुमार काफ्ले सहित ११ जनाको टोलीलाई दिक्तेल ल्याइएको छ । नागरिकको स्वास्थ्यको लागि ध्यान दिएर मिर्गौलाको निःशुल्क शिविरको आयोजना गरिएको नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए । उपचार शिबिरमा आएका डा. काफ्लेको स्वागतमा मंगलबार दिक्तेलबजार परिक्रमा गरिएको थियो ।

    प्रकाशित मिति :फाल्गुण २४, २०७९ बुधवार - २३:२९:४६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको